लमजुङमा पहिरोले  १८ घर  पुरिए, चारजना घाइते

Yugnepal     915 पटक पढिएको    

लमजुङमा पहिरोले  १८ घर  पुरिए, चारजना घाइते


शान्ता कमलीलमजुङ  -लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३ तरापु पल्लोटारीमा पहिरोले १८ घर पुरिएका छन् ।

बुधबार बिहान पौने १० बजेतिर गएको पहिरोले गाउँका ८० घरमा क्षति पुर्‍याएको स्थानीय हरि थापाले बताए । 

पहिरोमा परेर चारजना घाइते भएका छन् । घाइते हुनेमा मर्स्याङ्दी गाउँपालिका– ३ पल्लोटारीका १८ वर्षीय सुजन अछामी, २५ वर्षीया सिर्जना गोतामे, २८ वर्षीया सबिता बस्याल र ७० वर्षीय देवबहादुर सार्की रहेको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए । उनीहरूलाई उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको छ ।

पहिरो घरभन्दा तीन सय मिटर माथिबाट आएको डिएसपी थापाले बताए । पहिरो ठूलो आएकाले धेरै परिवार विस्थापित भएका छन् ।  

डिएसपी थापाका अनुसार मंगलबार केही घरमा क्षति पुर्‍याएकोमा बुधबारको पहिरोले सिंगो गाउँमा क्षति पुर्‍याएको हो । मंगलबार पहिरो गएको ठाउँबाट पुनस् थप पहिरो गएकाले घरहरू पुरिएको हो । तर, पहिरो जान थालेपछि गाउँलेहरू  मंगलबार नै स्कुलमा सरेकाले मानवीय क्षति नभएको मर्स्याङ्दी गाउँपालिका–  ३ का वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । नयाँ पत्रिकाबाट साभार



बुधबार ०७, साउन २०७७ ०५:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.