पछिल्लो २४ घण्टाको अवधीमा देशका विभिन्न प्रयोगशालामा गरिएको स्वाव परिक्षणमा सुदूरपशिचमका ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको नियमित प्रेस ब्रिफिङ अनुसार पछिल्लो २४ घण्टाको अवधीमा कैलालीमा ४, कञ्चनपुरका २०, बझाङका ४ र डोटीका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार त्रिभुवन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका १ जना, डडेलधुरा अस्पतालको प्रयोगशालामा डोटीका ४ जना तथा सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका ३, बझाङका ४ र कञ्चनपुरका २० जनामा संक्रमण पुष्टी भएको छ ।
यो संगै सुदूरपश्चिममा कुल संक्रमितको संख्या ४ हजार १ सय २७ पुगेको छ ।
प्रतिकृया दिनुहोस