मूल्यवृद्धि फिर्ता लिन दवाव दिन नेविसंघद्धारा आयल निगम घेराउ

Yugnepal     833 पटक पढिएको    

मूल्यवृद्धि फिर्ता लिन दवाव दिन नेविसंघद्धारा आयल निगम घेराउ

 

काठमाडौं । कोरोना भाइरसको महामारीको मारमा परिरहेका जनतालाई थप पीडामा पार्ने गरी सरकारले निरन्तर मूल्यवृद्धि गरिरहेको छ । पछिल्लो समय फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको छ ।

निरन्तर मूल्यवृद्धि नगर्न आग्रह गर्दा समेत बेवास्ता गरिएपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार बिहान नेपाल आयल निगम घेराउ गर्दैछ । 

नेविसंघले मूल्यवृद्धि नगर्न चेतावनी दिएको भोलिपल्टै मूल्यवृद्धि गरिएपछि नेविसंघले आइतबार निगम घेराउ गर्ने जनाएको हो । 

आइतबार बिहान ११ बजे निगम घेराउको कार्यक्रम रहेको नेविसंघका महामन्त्री बलदेव तिलम्सिनाले बताए । 

उनले भने, ‘हामीले पटक पटक चेतावनी दियौं तर यो कम्युनिष्ट सरकारले टेरेन निगम घेर्नुको विकल्प रहेन ।’



आइतबार २८, असार २०७७ ११:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.