पोखरामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ७पुग्यो

Yugnepal     954 पटक पढिएको    

पोखरामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ७पुग्यो

 

पोखरा । पोखराका विभिन्न स्थानमा गएको पहिरोमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । जसमा १२ जना घाइते भएका छन् । 

पहिरो खस्दा पोखरा–१८, सराङ्कोट गोठादीस्थित टंकबहादुर थापाको घर पुरिएको छ । उक्त घटनामा ५ जनाको मृत्यु भएको छ । पहिरो आएको थाहा पाएपछि दुई जनाले भागेर ज्यान बचाउन सफल भएका छिन् ।

थापासँगै उनकी श्रीमती, ३ जना नाति–नातिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । 

उनका अनुसार मृत्यु हुनेमा ५० वर्षीय टंकबहादुर थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षकी ईशिका थापा मगर, ६ वर्षीय सुवान थापा मगर र तनहूँका शितल श्रेष्ठ रहेका छन् ।

घटनामा परी घाइते भएका अन्य ५ जनाको उद्धार गरी मणिपाल शिक्षण अस्पताल र १ जनाको पश्चिमाञ्चल अस्पतालमा लगिएको ल्याएको उनले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । 

यता, हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा–२६, पैतेडाँडाँमा पहिरोमा पुरिएर दुर्गाबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी पोखरा–१८, छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी श्रीमती शान्ति मगर र छोरा सुशान मगर घाइते भएका छन् । 

उनीहरुको विरौटास्थि नमस्ते अस्पताल पोखरामा उपचार भइरहेको हमालले जानकारी दिए ।
यता, पोखरा–५, पर्स्याङस्थित शिवालय मार्गमा जमीन भासिदा २ घर जोखिममा परेको छ भने रामघाटस्थित सेती नदी र पोखरा ४ फिर्के थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ । रामघाटका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । 



शुक्रबार २६, असार २०७७ ०१:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.