डोटीमा थप ६०जनामा कोरोना पुष्टि

Yugnepal     815 पटक पढिएको    

डोटीमा थप ६०जनामा कोरोना पुष्टि


डोटी। तेह्र दिनदेखि पीसीआर रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनमा बसेकाहरुले बिरोध जनाएका छन् । शनिबार डोटीको केआइ सिंह गाउँपालिकाको झिमेमालिकामा क्वारेन्टाइन बसेकाहरुले बिरोध गरेका हुन् । 

क्वारेन्टाइनमा रहेका २७ जनाले पीसीआरको रिपोर्ट नआउदा झन् आफुहरु निराश भएको बताएका छन् । तत्काल आफ्नो रिपोर्ट दिन उनीहरुले माग गरेका छन् ।   

क्वारेन्टाइनमा बसेका एक जनाले क्वारेन्टाइनमा बसेको एक महिना भन्दा बढी सक्दा पनि आजभोलि भन्दै झुक्याउने गरेको बताए। आफु बसेको क्वारेन्टाइन भित्र बच्चा, बृद्ध र गर्भवती महिला समेत रहेकाले समस्या माथि समस्या थपिएको उनले हाम्राकुरालाई जानकारी दिए।  

स्याम्पल पठाएको रिपोर्ट छिटो नआउँदा काम गर्न निक्कै गाह्रो भएको केआईसिंह गाँउपालिकाका स्वास्थ्य संयोजक तिल बहादुर बोहराले जानकारी दिए। 

डोटीका नौ वटा स्थानीय तहका क्वारेन्टाइन बसेकाहरुले पीसीआर रिपोर्ट आउन हप्तौं हप्ता कुर्ने पर्ने समस्या भएको जनाएका छन् । प्रदेश सरकारको उदासीनताका कारण रिपोर्ट आउन ढिला भइरहेको उनीहरुले आरोप छ। 

डोटीमा पीसीआर रिपोर्ट लागि स्वाब पठाएका एक हजार सतहत्तर जनाको रिपोर्ट अझै आउन बाकी रहेको जिल्ला स्वास्थ कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए।

डोटीमा थप ६०जनामा कोरोना पुष्टि
डोटीमा शनिबार मात्रै ६० जना संक्रमितको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौं, वीर अस्पतालको प्रयोगशाला तथा सेती प्रादेशिक अस्पताल कैलालीको प्रयोगशालामा गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको हो । योसँगै डोटीमा कोरोना संक्रमित हुनेको संख्या तीन सय १५ पुगेको छ । अहिलेसम्म एक सय एघार जना जनालाई डिस्चार्ज गरिएको जनाएको छ।



आइतबार १४, असार २०७७ १२:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal