थाइल्यान्डबाट स्वदेश फर्किएसँगै हिमानी शाह क्वारेन्टाइनमा

Yugnepal     1376 पटक पढिएको    

थाइल्यान्डबाट स्वदेश फर्किएसँगै हिमानी शाह क्वारेन्टाइनमा


काठमाडौं । पूर्वयुराज्ञी हिमानी शाह क्वारेन्टाइनमा बसेकी छन् ।  थाइल्यान्डबाट स्वदेश फर्किएसँगै उनी क्वारेन्टाइनमा बसेकी हुन् ।  उनी छोरा हृदयन्द्रसहित होटलको क्वारेन्टिनमा बसेकी हुन् । नेपाली सेनाले उनीहरुको क्वारेन्टिन व्यवस्थापन गरेको बताइएको छ ।  तीन महिनाअघि हिमानी शाह अध्ययनरत आफ्ना छोराछोरी भेट्न थाइलैन्ड गएकी थिइन् ।  अन्तर्राष्ट्रिय विमान बन्द भएसँगै तीन महिना उतै रोकिएकी उनी  नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने क्रममा मंगलबार उनी पनि सोही विमानमा स्वादेश फर्किएकी हुन् ।  हिमानीका दुई छोरी पूर्णिका र कृतिका भने उतै बसेका छन् । उनीहरुको कलेज खुलिसकेकाले नेपाल नआएको बुझिएको छ ।  



बुधबार १०, असार २०७७ ०३:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.