राष्ट्रियताको निम्ति आज राजधानीमा प्रदर्शन हुने

Yugnepal     1610 पटक पढिएको    

राष्ट्रियताको निम्ति  आज  राजधानीमा प्रदर्शन हुने

 


काठमाडौ । राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका लागि मातृभुमी संरक्षण नेपालको आयोजनामा काठमाडौमा विरोध प्रदर्शन हुने भएको छ ।

राष्ट्रघाती एमसीसी सम्झौता खारेज हुनुपर्ने, अतिक्रमित नेपाली भुमी फिर्ता ल्याइनुपर्ने, भ्रष्टाचारी र विखण्डनकारीलाई तत्काल कारबाही गर्नुपर्ने लगाएतका मागराखी असार ४ गते विरोध प्रदर्शन गरिने भएको हो ।

सरकारप्रतिको असन्तुष्टिका कारण देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी रहेका बेला मातृभुमी संरक्षण नेपालले पनि दलहरुका कारण भएका राष्ट्रघाती सन्धि सम्झौताका कारण मुलुकको अस्तित्व गुम्ने खतरा रहेको भन्दै विरोध गर्न लागिएको संयोजक राजन महर्जनले बताए ।

दिउँसो २ बजे राजधानी स्थित हनुमानढोकाबाट सुरु हुने राष्ट्रिय झणडासहितको जुलुसमा सहभागी हुन सबैलाई अपिल गरिएको छ ।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण र जोखिमका बीच पनि राष्ट्रियताको मुद्दामा वितेका एकसाता दलिय रहैबा र विदेशी चालबाजी विरुद्ध व्यापक विरोध प्रदर्शनको तयारी भएको हो ।

खासगरी राष्ट्रघाती सम्झौता एमसीसी  खारेजी हुनुपर्ने, कालापानी,लिपुलेक र लिम्पियाधुरा सम्मको अतिक्रमित भुभाग फिर्ता ल्याईनुपर्ने लगाएतका मागहरू अघि सारिएको छ । हिमाली टाइम्सबाट साभार



बिहिबार ०४, असार २०७७ ०२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal