राजतन्त्र पुन स्थापनाको नाराले तात्यो काठमाडौं

Yugnepal     4938 पटक पढिएको    

राजतन्त्र पुन स्थापनाको नाराले तात्यो काठमाडौं


काठमाडौं राजतन्त्र पुनस्स्थापना माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ विद्यार्थी संगठन र युवा संगठनका नेताहरुसहितको सहभागितामा राजावादीहरुले प्रदर्शन गरेका हुन्।

राप्रपाको युवा संगठनका नेता विशेषा तामाङको नेतृत्वमा युवाहरुले बौद्धमा राजतन्त्र चाहियो भन्दै प्रदर्शन गरेका हुन् ।

ुराजसंस्था पुनःस्थापनाको माग राखी देशभक्त, राष्ट्रवादी युवाहरुले प्रदर्शन गरेका हुन् उनले भने,राप्रपाका एकजना युवा जनक फडेराले भने, देश लथालिङ्ग भइसक्यो ।

अब यसलाई सम्हाल्ने काम राजाले मात्रै गर्न सक्छन्, त्यसैले करिब डेढ सय युवाहरुले स्वतफुर्त प्रदर्शन गरेका हुन्।वर्णन मिडियाबाट साभार



बुधबार ०३, असार २०७७ १२:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.