विश्वमा ८१ लाख १२ हजार पुगे कोरोना संक्रमित

Yugnepal     909 पटक पढिएको    

विश्वमा ८१ लाख १२ हजार पुगे कोरोना संक्रमित


काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ८१ लाख १२ हजार पुगिसकेको छ । सोमबार २४ घण्टाको अवधिमा १ लाख २४ हजार ६०० नयाँ संक्रमित थपिए । 

४ लाख ३९ हजार ५० जनाको ज्यान गइसकेको छ । ३ हजार ४१५ नयाँ मृतक हुन् । 

अमेरिकामा सबैभन्दा बढी २१ लाख ८२ हजार ९५० जना संक्रमित भएका छन् । नयाँ संक्रमित २० हजार ७२२ हुन् । नयाँ ४२५ सहित मृत्यु हुनेको संख्या १ लाख १८ हजार २८३ पुगेको छ । 

दोस्रो स्थानको ब्रजिलमा नयाँ संक्रमित २३ हजार ६७४ सहित कुल संक्रमित ८ लाख ९१ हजार ५५६ पुगेका छन् । मृतक नयाँ ७२९ सहित ४४ हजार ११८ पुगेका छन् । 

तेस्रो स्थानको रुसमा ८ हजार २४६ नयाँसहित कुल संक्रमित ५ लाख ३७ हजार २१० पुगेका छन् । नयाँ १४३ सहित ७ हजार ९१ जनाको ज्यान गएको छ । 

चौथो भारतमा संक्रमितको संख्या ३ लाख ४३ हजार २६ पुगेको छ । नयाँ संक्रमित १० हजार १४ थपिँदा मृतक नयाँ ३९६जना थपिए । मृतकको संख्या ९ हजार ९१५ पुगेको छ । 

पाँचौं बेलायतमा नयाँ ९६८ सहित संक्रमित २ लाख ९६ हजार ८५७ पुगेका छन् भने मृतक नयाँ ३८ थपिएर ४१ हजार ७३६ पुगेका छन् । 

छैटौं स्पेनमा नयाँ मात्र १८१ संक्रमित थपिएर २ लाख ९१ हजार १८९ पुगेको छ । मृतक २७ हजार १३६ पुगेका छन् । तर नयाँ मृत्यु केही दिनदेखि भएको छैन । 

सातौं इटालीमा ३०१ नयाँ संक्रमित थपिएर २ लाख ३७ हजार २९० पुगेको छ । मृतक २६ थपिएर ३४ हजार ३७१ पुगेको छ । 

मेक्सिकोमा मंगलबार बिहानसम्म मात्रै ३ हजार ४२७ नयाँ संक्रमित थपिएका छन् । १ लाख ५० हजार २६४ संक्रमित पुगेका छन् । 

मृतक ४३९ थपिएर १७ हजार ५८० पुगेको छ । 



मङ्गलबार ०२, असार २०७७ १२:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.