मुलुकको परिस्थति अत्यन्त चिन्ताजनक रहेको छ   - पुर्व राजा ज्ञानेन्द्र शाह

Yugnepal     5894 पटक पढिएको    

मुलुकको परिस्थति अत्यन्त चिन्ताजनक रहेको छ   - पुर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौं  मुलुकको परिस्थति अत्यन्त चिन्ताजनक रहेको भन्दै ‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वभाविकै छ’, पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै  राजा ज्ञानेन्द्र शाहले भने, ‘अब समय आए जस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु। तर, सबै जनताको इच्छा हुनुपर्छ।’ उहाँले भन्नू भयो ।

उहाँले देशको परिस्थिति र समय आएको बताए पनि आफूले नेतृत्व लिनका निम्ति सबै जनताले चाहनुपर्ने भने दोहोर्याए। ‘देशको परिस्थिति र समय आएको छ, म फेरि दोहोर्याउछु तर, सबैले चाहनु पर्दछ’, उहाँले थप्नुभयो

उहाँले मुलुकको परिस्थति अत्यन्त चिन्ताजनक रहेको बताउँदै आफू सक्रिय हुने सक्ने संकेत गरेका हुन् । ‘देशको परिस्थिति अन्त्यन्तै नाजुक अवस्थामा छ’, उहाँलेले देशको चिन्ता व्यक्त गर्दै बताउनुभयो ।

राजनीतिक नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै उहाँले वर्तमान नेतृत्वलाई कागजको फूलमा सुवास खोज्ने आरोप पनि लगाउनुभयो। ‘अहिले परिस्थिति कस्तो छ भनेदेखिन्, दुबो, मखमली र गोदावली फूलको मालाको महत्व नबुझ्ने तर, कागजको फूलको सुवास खोज्ने, त्यो परिस्थितिमा हामी हिडिराखेको जस्तो लाग्छ मलाई’, राजा ज्ञानेन्द्रले भने, ‘नेतृत्व नभा जस्तो देखिएको छ।’

उहाँले आफू नेतृत्व लिन तयार भएको र त्यसका लागि जनताले साथ दिनुपर्नेमा विशेष जोड दिनुभयो। ‘सबै जनताको इच्छा हुनुपर्छ र यो कुरा गर्दा फेरि सक्रिय भयो भन्ने कुरा निस्केला। यो सक्रिय हुने र नहुने बेला होइन’, उनले भने, ‘देशको परिस्थितिले मागेको समय आए जस्तो लाग्छ। तर, म फेरि दोहोर्याउछु सबैले यो चाहना गर्नुपर्छ।’

यो दिनमा सुरक्षित साथ रहनुहोस् खुशी भएर बस्नुहोस्’, उनले भने, ‘तर, जिम्मेवार सबै नागरिकलाई मैले भनेको कुरामा पनि ध्यान दिनुहोस् भन्ने कुरा आग्रह गर्दछु।’



सोमबार ०१, असार २०७७ ११:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal