कांग्रेस नगर समितिद्वारा क्वारेन्टिनमा बसेका सबैको  पिसिआर चेकजाँच गर्न माग

Yugnepal     905 पटक पढिएको    

कांग्रेस नगर समितिद्वारा क्वारेन्टिनमा बसेका सबैको  पिसिआर चेकजाँच गर्न माग

धनगढी नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमितिले नगरका क्वारेन्टिनमा रहेका व्यक्तिको व्यवस्थापनसँगै तत्काल पिसिआर परीक्षण गर्न सुदूरपश्चिमको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेसका नगर सभापति काशीराम शर्माले बुधबार ध्यानाकर्षण पत्र बुझाउँदै गौरीगंगा नगरका क्वारेन्टिनको अवस्था अत्यन्तै नाजुक भएकाले उनीहरूको गाँस र बासको उपयुक्त व्यवस्था गर्नुपर्ने र लामो समयसम्म क्वारेन्टिनमा बसेकाको चाडो पिसिआर चेकजाँच गरिनुपर्ने माग गरे।

ध्यानाकर्षण पत्र बुझ्दै सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले प्रदेश सरकारले गौरीगंगा नगरपालिकामा १५ लाख रुपैयाँ छुट्याइएकाले क्वारेन्टिन व्यवस्थापनमा सहज हुने बताए।

ध्यानाकर्षण पत्र बुझाउन कांग्रेस, कैलालीका जिल्ला सदस्यद्वय रामबहादुर कलेल तथा भोजबहादुर बम, क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशी, कांग्रेसका जिल्ला सल्लाहकारद्वय सदस्य फणी सापकोटा तथा यज्ञनिधि कोइराला, पूर्व क्षेत्रीय सचिव मोहन साउद, क्षेत्रीय सदस्य प्रकाश थापा, युवा नेता विष्णु भाट लगायतको पनि उपस्थिति थियो।

 



बुधबार २८, जेठ २०७७ ०७:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal