क्वारेन्टाइनका लागि ३९ जना लिएर हिडेको टिपर कर्णालीमा खस्यो ६ जना वेपत्ता

Yugnepal     1297 पटक पढिएको    

क्वारेन्टाइनका लागि ३९ जना लिएर हिडेको टिपर कर्णालीमा खस्यो  ६ जना वेपत्ता



कालिकोट। जिल्लाको रासकोट नगरपालिकाको क्वारेन्टाइनका लागि ३९ जना यात्रु लिएर गएको टिपर कर्णाली नदीमा खसेको छ। 

नरहरिनाथ गाउँपालिकाको लालिघाटमा टिपर कर्णालीमा खसेको हो। भारतबाट आएका रासकोटवासीलाई टीपरले जीते भन्ने ठाउँबाट नगरपालिका ल्याउँदै थियो। 

घटनास्थलमा पुगेका प्रहरी र स्थानियले उद्धार जारी राखेका छन्। अहिलेसम्म २ जनाको शब निकालिएको छ। उनीहरुको सनाखत गरिएको छ। 

मृतक २ जना बर्ष २३ की शर्मिला सार्की र बर्ष २१ की ठुम्की सार्की रहेका छन्। मृतक मध्ये एक जना गर्भवती थिइन। मृतक शर्मिलाकी २ बर्षकी छोरी सरिता सार्की पनि कर्णालीमा वेपत्ता छिन। बर्ष ३३ की मन्ना कुमाल पनि वेपत्ता छिन्। दुर्घटनामा परेका ६ जना वेपत्ता भएका छन्। ४ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। २२ जनाको सकुसल रहेका छन्। 

गौरिफन्टा नाका हुँदै आएका उनीहरुलाई लिन भएको टिपरको चालकको वदमासीले दुर्घटना भएको घटनामा बाचेकाहरुले बताएका छन्। दुर्घटना गराउने चालक भागेपछि उसको खोजी भइरहेको छ।सडकबाट ५० मिटर तल नदिमा टिप्पर डुबेको छ।

नगरपालिकाले अन्य सवारी साधन नपठाएर टिपर पठाएको थियो।  टिपर नदीको बीचमा रहेकोले निकाल्न गाह्रो भएको छ। 

दुर्घटनामा बाचेकाहरुले ७ दिनदेखि राम्रोसँग खान पनि नपाएको बताए। अब आफ्नो गाउँ आइयो भनेको त झनै ज्यानै पो लियो उनीहरुले रुँदै भने। 

घटनास्थलमा स्थानिय, प्रहरी, नेपाली सेना छन्। घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचारका लागि लगिएको छ।



बुधबार २८, जेठ २०७७ ०१:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal