नाफामा राष्ट्रिय वाणिज्यले सबैलाई उछिन्यो, ब्याज सबैभन्दा सस्तो

युग संवाददाता

Yugnepal     937 पटक पढिएको    

 

 
 


पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले नाफामा सबै बैंकलाई उछिनेको छ। यसअघिसम्म नविल बैंक अग्रस्थानमा रहँदै आएकोमा अहिले राष्ट्रिय वाणिज्यले जितेको छ।

नविलले चालु आवको पहिलो ६ महिनामा २ अर्ब १७ करोड खुद नाफा कमाउँदा राष्ट्रिय वाणिज्यले २ अर्ब ४० करोड कमाएको छ। गत वर्षको यस अवधिमा वाणिज्यले १ अर्ब ७८ करोड खुद नाफा कमाउँदा नविलले १ अर्ब ८३ करोड कमाएको थियो। रेगुलेटरी एड्जस्ट्मेन्ट गर्दा २३ करोड छुट्याउनुपर्ने राष्ट्रिय वाणिज्यको वितरणयोग्य नाफा भने २ अर्ब १७ करोड छ।

राष्ट्रिय वाणिज्य बैंकको व्यवसायमा उल्लेख्य वृद्धि हुँदा नाफामा टेवा पुगेको देखिन्छ। बैंकले व्याजवापत मात्रै ४ अर्ब ९५ करोड आम्दानी गरेको छ। पुस मसान्तसम्म कुल १ खर्ब ८१ अर्ब निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३४ अर्ब कर्जा प्रवाह गरेको छ।

एक वर्षको अवधिमा बैंकको निक्षेप ३२ अर्बले र कर्जा २४ अर्बले बढेको छ। सरकारले स्थानीय तहको खातामा रहेको रकम बैंकहरुलाई ५० प्रतिशत निक्षेपका रुपमा दिँदा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै १७ अर्ब प्राप्त गर्यो। जसले गर्दा बैंकको निक्षेपमा उल्लेख्य वृद्धि भएको हो।

निक्षेपमा मात्रै नभई कर्जा प्रवाहलाई पनि बैंकले जोड दिएको देखिन्छ। निक्षेपकै अनुपातमा कर्जा बढेपछि बैंकको सिसिडी रेसियो गत वर्षकै दर ६९ प्रतिशतमा छ।

८० प्रतिशतसम्मको सीमा रहेको सिसिडी रेसियो जम्मा ६९ हुनुले थप ऋण लगानीका लागि बैंक अरुभन्दा सहज अवस्थामा देखिन्छ। तसर्थ आगामी दिनमा नाफा बढाउनका लागि बैंकलाई सहज स्थिति छ। त्यसकारण पनि अन्य निजी बैंकलाई राष्ट्रिय वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न चुनौति थपिएको छ।

९ अर्ब चुक्ता पुँजी भएको बैंकको जगेडा कोष मजबुत छ। १२ अर्ब ४४ करोडको जगेडा कोष भएकाले भैपरी आउन सक्ने संभावित चुनौतिको सामानाका लागि बैंक बलियो देखिन्छ।

बैंकले निश्क्रिय कर्जा अर्थात नउठेको ऋण रकम घटाएको छ। अघिल्लो त्रैमासिक अवधिसम्म यस्तो कर्जा ३।८३ प्रतिशत रहेकोमा अहिले ३। ४ प्रतिशतमा झरेको छ। निश्क्रिय कर्जा निजी क्षेत्रका अन्य बैंकहरुको भन्दा बढी भएकाले यो घटाउँदै जानुपर्ने चुनौति बैंकलाई देखिन्छ। बैंकको आधार प्रतिसेयर आम्दानी वार्षिक ५३ रुपैयाँ ५३ पैसा छ।

बैंकको प्रगति सर्वसाधारण लगानीकर्ताका लागि भने ुहर्ष न विस्मातुजस्तै भएको छ। सबै बैंक तथा वित्तीय संस्थाहरुको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी छ। राष्ट्रिय वाणिज्यमा भने शत प्रतिशत सरकारी स्वामित्व छ।

बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन ९बाफिया०मा एउटा बैंकको सेयर सरकारले शत प्रतिशत लिन सक्ने व्यवस्था गरिएपछि यो बैंकको सेयर सर्वसाधारणमा जारी गर्न नपर्ने भएको छ।

यद्यपी चाहेको अवस्थामा पव्लिकमा लैजान सक्ने बाटो पनि खुल्ला छ। सरकारले चाहेको बेलामा ३० देखि ४९ प्रतिशतसम्म सेयर सर्वसाधारणलाई दिन सक्छ।

यो व्यवस्थाप्रति कतिपय लगानीकर्ताले  भने असन्तुष्टि जनाउँदै आएका छन्। उच्च नाफा हुन्जेल सरकारले लिने, नाफा घट्न सक्ने अवस्था आएमा सर्वसाधारणलाई स्वामित्व दिएर पन्छिन सक्नेगरी व्यवस्था गरिएको कतिपयको आरोप छ।ऋणका लागि सबैभन्दा सस्तो बैंक
बैंकहरुले दिने ऋणको व्याज आधार व्याजदरमा भर पर्छ। आधार व्याजदरमा निश्चित प्रिमियम दर जोडेर ऋणको व्याज निर्धारण गर्ने गर्दछन्। तसर्थ ऋण लिनेहरुका लागि यो बैंकको व्याजदर सबैभन्दा सस्तो छ।

बैंकको आधार व्याजदर जम्मा ५। ६ प्रतिशतमा झरेको छ। अघिल्लो त्रैमासिक अवधिमा यो ६। ३३ प्रतिशत थियो।

अन्य कतिपय निजी बैंकहरुको आधार व्याजदर बढेका बेला राष्ट्रिय वाणिज्यको भने घटेको छ। यसकारण आगामी दिनमा पनि ऋणीको लागि प्रमुख रोजाईमा यो बैंक पर्ने देखिन्छ।

अरु बैंकले जस्तो व्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्ने भएकाले राष्ट्रिय वाणिज्य बैंकको आधार व्याजदर पनि कम भएको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ बताउँछन्।

सरकारले विभिन्न शिर्षकमा दिने सहुलियतपूर्ण कर्जा लिनेहरुलाई यो बैंकको व्याज झनै सस्तो पर्ने भएको छ। कृषि उद्यम गर्न चाहने, वैदेशिक रोजगारबाट फर्केका युवाले गर्ने व्यवसाय, दलित समुदायले गर्ने व्यवसाय, शिक्षित भइकन बेरोजगार भएका युवाले गर्ने व्यवसायमा बैंकको व्याज जम्मा २। ६ प्रतिशत मात्रै पर्ने भएको छ।

त्यस्तै महिलाहरुले गर्ने व्यवसायमा भने जम्मा १। ६ प्रतिशत व्याज पर्नेछ। यस्तो ऋणमा आधार व्याजदरमा २ प्रतिशत जोडेर आउने दरमा सरकारले महिला उद्यमशिलतामा ६ र अरुमा ५ प्रतिशत व्याज अनुदान दिन्छ।



बिहिबार २४, माघ २०७५ ११:३५ मा प्रकाशित

#lila

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.