डेल्धुरा । डडेलधुराको गन्यापधुरा गाउँपालिका १ मा क्वारेन्टाइनमा बसेकी एक महिलाको निधन भएको छ । ३० वर्षे सविता विकको मृत्यु भएको हो ।
भारतबाट हालै नेपाल आएर क्वारेन्टाइनमा बसेकी उनको मृत्यु कोरोना भाइरसबाट भएको हो वा हैन अझैसम्म पत्तो लागेको छैन ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गाउँमै महिलाको क्वारेन्टाइनमै बसेका बेलामा मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी पुगेको छ । स्थानीय संचारकर्मी टेकराज अवस्थीका अनुसार प्रहरीले शव भने उठाएको छैन । पीपीइसमेत नभएकाले एम्बुलेन्सका चालकले समेत शव उठाउन मानेका छैनन् ।
कोरोना भाइरस सर्ने डरले शव नजिकसमेत कोही जान नमानेको बुझिएको छ । उनको मृत्यु कसरी भयो भनी पोष्टमार्टम हुन समेत कठिन भएको छ ।
कोरोनाकै आशंकाले उनको शव पोष्ट मार्टम गर्न समेत समस्या भएको छ । क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मी तथा सफाइकर्मी र एम्बुलेन्स ड्राइभरलाईसमेत स्वास्थ्य सामग्री नदिएका कारण यो समस्या आएको हो ।
यो घटनाले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको भाषणको समेत धज्जी उडेको छ ।
उनले हरेक क्वारेन्टाइनस्थल र एम्बुलेन्स चालकलाई पीपीई लगायतका स्वास्थ्य सामग्री उपलब्ध भइसकेको भनी जानकारी गराए पनि उनको झुठ यही घटनाबाट बाहिरिएको छ ।
प्रतिकृया दिनुहोस