सुदूरपश्चिममा १८ जना कोरोना संक्रमित

Yugnepal     1105 पटक पढिएको    

सुदूरपश्चिममा १८ जना कोरोना संक्रमित

 

धनगढी । सुदूरपश्चिममा सोमबार १८ जनामा कोरोना भाइरस संक्रमित भएको पुष्टी भएको छ ।
थपिएका कोरोना संक्रमित मध्ये १४ जना कैलालीका रहेका सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालले दिउँसो जारी गरेको प्रेस नोटका अनुसार कैलालीका ११ जना पुरुष र तीन जना महिलामा संक्रमण देखिएको छ ।
अछाम, बैतडी, डोटी र कञ्चनपुरका एक एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । उनीहरु भारतबाट आएर क्वारिन्टनमा बसेको व्यक्तिहरु हुन् ।


अस्पतालले थपिएका संक्रमितहरूको थप विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ । १८ जना कोरोना भाइरस संक्रमित भेटिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । ति मध्ये यसअघि नै पाँच जना निको भएर घर फर्केका छन् ।



सोमबार १९, जेठ २०७७ ०५:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.