कपिलबस्तुमा  १२ जनालाई कोरोना, १० पालिकामै फैलियो

Yugnepal     882 पटक पढिएको    

कपिलबस्तुमा  १२ जनालाई कोरोना, १० पालिकामै फैलियो

कपिलबस्तु। कपिलबस्तुमा थप १२ जनालाई कोरोना संक्रमण देखिएको छ। कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।

नगरपालिकाका ९ जनामा बुधबार कोरोना देखिएको पुष्टि भएको छ । बुधबार नै विजयनगरका थप ३ जनामा पनि कोरोना देखिएको स्रोतले बताएको छ।

यससँगै कपिलवस्तुका १० वटै पालिकामा नै कोरोना फैलिएको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देहीका १ र कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।

प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् ।

रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको स्रोतको भनाइ छ । स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन।



बुधबार ०७, जेठ २०७७ १२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal