धनगढीमा ५० शैयाको कोरोना अस्पतालको निर्माण

Yugnepal     892 पटक पढिएको    

धनगढीमा ५० शैयाको कोरोना अस्पतालको निर्माण

 

 कैलाली  -सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ५० शैयाको कोरोना अस्पताल भवनको निर्माण सम्पन्न भएको छ। 
 कोरोना भाईरसका विरामीको उपचारका लागि प्रदेश सरकारको ९४ लाखको लागतमा अस्पताल भवन निर्माणको काम सकिएको छ ।
  सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले अस्पताल भवनको निर्माण कार्य सम्पन्न भएपनि हस्तान्तरण हुन बाँकी रहेको बताए। जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शैयाको आइसोलेसन कक्ष सहितको भवन निर्माणको जिम्मा किनारा कन्ट्रक्सनले पाएको थियो ।कन्ट्रक्सनले निर्धारित समय एक महिनामै काम सम्पन्न गरेको भएपनि बजेट भुक्तानी दिन बाँकी रहेकाले छिट्टै ती काम सकेर हस्तान्तरण गर्ने कार्कीले बताए।
धनगढीमा कोरोना अस्पताल निर्माणको काम सकिएपनि कञ्चनपुरको महाकाली अस्पतालमा निर्माण भईरहेको प्रि–फ्याब प्रविधीकै भवनको निर्माण कार्य भने सकिएको छैन् । निर्माण व्यवसायीले निर्माण सामाग्रीको अभाव देखाएपछि अस्पताल भवनको काम समयमै नसकिने देखिएको छ



सोमबार ०५, जेठ २०७७ १०:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal