पूर्वराजा शाह आफैंले गाडी चलाएर काठमाडौंमा आय

Yugnepal     1813 पटक पढिएको    

पूर्वराजा शाह आफैंले गाडी चलाएर काठमाडौंमा आय


पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह दुई महिना लामो झापा बसाईपछि आज काठमाडौं आउँदैछन् । उनीहरूसँग ६ वटा गाडीमा २१ जना रहेका छन् । सबै सवारीलाई जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार मध्यरात सवारी पास दिएको थियो 

पूर्वराजा र रानी चैतको पहिलो साता झापा गएका थिए । उनीहरू गएलगत्तै देश लकडाउन भएको थियो । सरकारले गरेको लकडाउनलाई मान्दै उनीहरू दमकस्थित हिमालय टी गार्डेनस्थित दरबारमा बस्दै आएका थिए । तर, सडकमार्गबाट काठमाडौं आउन लागेकाले पूर्वराजारानीले कोरोना परीक्षण गर्ने कि नगर्ने रु भन्ने प्रश्न उब्जिएको छ । किनभने एक साताअघि तराईका जिल्लाबाट आएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पूर्वराजाको टोलीमा १४ जना कर्मचारी र सशस्त्र प्रहरी छन् ।

पूर्वराजा शाह आफैंले गाडी चलाएका छन् । उनीहरू बीपी राजमार्ग हुँदै काठमाडौं आउन लागेका हुन् । देशभर कोरोना संक्रमण फैलिएसँगै सरकारले शुक्रबारदेखि लकडाउन निकै कडाई बनाएको छ । सांसदहरूलाई समेत आधी बाटोबाटै प्रहरीले फिर्ता पठाइदिएको छ। काठमाडौंको स्थानीय तहले अपरिचित र बाहिरी जिल्लाबाट आएकालाई प्रवेश निषेध गर्ने घोषणा गरेका छन् । अहिले बाहिरबाट आएकालाई धमाधम कोरोना परीक्षण गराएर मात्र घरकोठामा बस्न दिइएको छ ।

 

 

 



शुक्रबार ०२, जेठ २०७७ १०:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.