पुर्वराजालाई सवारी पास  नदिएको भन्दै सामाजिक संजालमा सरकारको आलोचना

Yugnepal     2006 पटक पढिएको    

पुर्वराजालाई सवारी पास  नदिएको भन्दै सामाजिक संजालमा सरकारको आलोचना

कठमाडौ । कोरोना भाइरस रोकथामका लागि मुलुकमा जारी लकडाउनका कारण पूर्व राजा ज्ञानेन्द्र शाह झपामै रोकिनुभएको छ । लकडाउन जारी हुनुअघि नै पत्नी कोमल शाह तथा परिवारका केही सदस्यसहित झापाको दमकमा पुग्नुभए पूर्व राजा शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले पास नदिएपछि त्यही रोकिनु भएको हो ।
 लकडाउनको बीचमा पनि सवारी पास दिइने गरेपनि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तीव्ररुपमा कोरोना भाइरस संक्रमित बढेछि गृहमन्त्रालयले वितरण गरिएका सबै सवारी पास रद्ध गरेको थियो । तर पुर्वराजा शाह शुक्रबार काठमाडौ फर्किने कार्यक्रम अनुसार बिहीवार सवारी पासका लागि जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिनुभएको थियो ।

उहाँले काठमाडौं फर्किन सवारी पास लिएको भएपनि गृहको निर्देशनमा स्थानीय प्रशासनले रद्ध गरेको हो । अब गृहले आदेश दिए जिल्ला प्रशासन कार्यालय झापकाले विशेष पास दिएमात्र उहाँ तत्काल काठमाडौं आउन सक्ने सम्भावना रहेको छ । पूर्व राजा शाह दमकस्थित आफ्नो स्वामित्वमा रहेको हिमालय टी गार्डेनमा प्राय जाने आउने गर्नुहुन्छ ।

पुर्वराजालाई सवारी पास अनुमती नदिएकोप्रति सामाजिक संजालमा सरकारको चर्को आलोचना भएको छ । पुर्वराजा माथि पुर्वाग्रह राखी पास नदिइएको भन्दै सरकारको कडा आलोचना भएको हो ।



शुक्रबार ०२, जेठ २०७७ ०९:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.