सप्तरीमा थप एक जनामा संक्रमण, १२१ पुगे संक्रमित

Yugnepal     947 पटक पढिएको    

सप्तरीमा थप एक जनामा संक्रमण, १२१ पुगे संक्रमित

काठमाडौं । सप्तरी जिल्लामा एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो । 

संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको सङ्ख्या १२१ पुगेका छन् । 

यसअघि आज नै कपिलवस्तुका यशोधरा नगरपालिका र बुद्धभूमि नगरपालिकामा १० जनामा संक्रमण देखिएको थियो । 



सोमबार २९, बैशाख २०७७ ०४:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.