तत्काल भारतसँग कुरा गर्नुपर्छ - माधव नेपाल

Yugnepal     1324 पटक पढिएको    

तत्काल  भारतसँग कुरा गर्नुपर्छ  - माधव नेपाल

 

नेपाल कम्युनिष्ट पार्टी  नेकपा मा वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली भूमिमा सडक बनाएकाले नेपालमा भारत विरोधी भावना बढेको बताएका छन्।

कोरोनाभाइरसको महामारीको अवस्थामा समेत भारतले नेपाली भूमिमा सडक बनाएको विषय सार्वजनिक भएका कारण त्यस्तो भावना बढेको नेता नेपालले बताए।

ुभारतीय शासकहरू हामीसँग नेपालमा भारत विरोधी भावना बढेकोमा चिन्ता व्यक्त गर्छन्ु, नेता नेपालले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भने, ुनेपालीको मनमा यस्तो बेलामा पनि भन्ने परेको छ। यस्ता कुराले बढ्छ। पहिला सीमा क्लियर हुनुपर्छ। यस्ता घटनाले भारतको साना राष्ट्रप्रतिको दृष्टिकोण ठीक छैन भन्ने प्रश्न उठ्छ।ु

उनले भारतले नेपालको भू(भागमा सडक निर्माण गर्नु दुस्खद् भएको उल्लेख गर्दै आपत्ति जनाए।

ुमित्रराष्ट्रसँगको सम्बन्ध सुमधुर बनाउनु पर्नेमा किन अविश्वास बढाउँदै जाने किन यस्तो स्थिति भैरहेको छ। भिडिओ कन्फरेन्सको माध्यमबाट कुराकानी गर्नुपर्‍योु, नेता नेपालले भने, ुनेपालीहरु उद्देलित छन्, आक्रोशित पनि छ। भावना भड्किएको छ। देशभक्तिको भावना बढीरहेको छ। भारत विरोधी भावना पनि बढिरहेको छ। त्यसो भएको हुनाले कोरोना भाइरसको प्रकोपमा नाममा कुराकानीको समय पन्छाउने काम छैन।ु

भारतलाई नेपालले दार्चुलाको विवादित भूमिमा कुनै पनि विकास निर्माणको काम नगर्न आग्रह गर्नुपर्ने उनले धारणा राखे।

ुविवादित ठाउँमा किन अनावश्यक काम गर्नेरुु, नेता नेपालले भने, ुतथ्यले के बताउँछ भने नेपालको पश्चिम सीमा लिम्पियाधुरामा पर्दछ।ु

नेता नेपालले अवलम्ब ुनयाँ नक्सा प्रकाशित गर्नु सुझाए। साथै, सरकारलाई उच्च तहमा वार्ता गर्न सुझाव दिए।


ुपहिला हामीले सम्पूर्ण भू(भाग सहितको नयाँ नक्सा प्रकाशित गर्न तत्पर हुनुपर्छु, नेता नेपालले भने, ुविकट ठाउँमा सुरक्षाकर्मीको निम्ति सुविधा र भवन बनाउन लाग्नु पर्‍यो।ु

नेता नेपालले सँधैभरी सीमा समस्या हल गर्न अब व्यवस्थित गर्नेतर्फ जानुपर्ने बताए। ु

विवादै सँधैभरी गर्नु भन्दा राम्रो कन्ट्रोल गर्ने उपाय के हुन्छ। काँडेतार लगाएर हुन्छ कि, पर्खाल खडा गरेर हुन्छ कि सँधैभरी विवाद गर्नु भन्दा त क्लियर गर्नु राम्रो होु, नेता नेपालले भने, ुकहिले आतंककारी नेपालमा छिरे भन्ने कुरा गरेको छ, कहिले के भएको छ भनेको छ। यो सँधैभरीको समस्या सुल्झाएर जाने उपाय गर्न सकिन्छ।ु

विद्यालयको पाठशालामा पनि नयाँ नक्सा राख्न उनले सुझाव दिए।

शिक्षा मन्त्रलायले पुस्तकमा नयाँ नक्सा प्रकाशित गर्ने विषयमा असहमति जनाएको सुनेको उनले समिति बैठकमा उल्लेख गरे।

ुमित्रराष्ट्रसँगको सम्बन्ध सुमधुर बनाउनु पर्नेमा किन अविश्वास बढाउँदै जाने किन यस्तो स्थिति भैरहेको छ। अहिले पनि कुराकानी गर्न सकिन्छ। भिडिओ कन्फरेन्सको माध्यमबाट कुराकानी गर्नुपर्‍योु, नेपालीहरु उद्देलित छन्, आक्रोशित पनि छ। भावना भड्किएको छ। देशभक्तिको भावना बढीरहेको छ। भारत विरोधी भावना पनि बढिरहेको छ। त्यसो भएको हुनाले कोरोना भाइरसको प्रकोपमा नाममा कुराकानीको समय पन्छाउने काम छैन।ु सेतोपाटीबाट साभार
 



सोमबार २९, बैशाख २०७७ ०३:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal