नेपाली काँग्रेसद्धारा   विपन्न परिवारलाई खाद्यान्न सहयोग

Yugnepal     835 पटक पढिएको    

नेपाली काँग्रेसद्धारा   विपन्न परिवारलाई खाद्यान्न सहयोग


धनगढी । लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारको सहयोगका लागि नेपाली काँग्रेसले टीकापुर नगरपालिकालाई खाद्यान्न प्रदान गरेको छ ।

नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ प्रदेश समिति ख र टीकापुर नगर समितिले विपन्न परिवारका लागि दुई लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ । पार्टीका नेता कार्यकर्ताहरुबाट आर्थिक संकलन गरेर खरिद गरिएको खाद्यान्न शनिबार नगरपालिकालाई प्रदान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रतिपक्षी दलका नेता रणबहादुर रावल र पूर्व राज्यमन्त्री जनकराज चौधरीले संयुक्त रुपमा नगर प्रमुख तपेन्द्रबहादुर रावल र उपप्रमुख केशरी बिष्टलाई खाद्यान्न हस्तान्तरण गरेका छन् ।

प्रदेश समिति ख सभापति प्रकाश शाहले नगरपालिकालाई ५० क्विन्टल चामल र चार क्विन्टल दाल प्रादन गरिएको बताए ।

त्यस्तै नेपाली काँग्रेस प्रदेश समिति ख र नगर समितिले टीकापुरमा कार्यरत १५ जना पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको छ ।

त्यस्तै, टीकापुरस्थित श्री रावल प्रतिष्ठानले नगरपालिकालाई एक लाख १३ हजार रुपैयाँ मूल्य बराबरको खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानका अध्यक्ष डा। रणबहादुर रावलले २७ क्विन्टल चामल, एक क्विन्टल दाल र एक सय किलो नून प्रदान गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता डाक्टर रावलले आफना बुबा श्री रावलको नाममा स्थापना गरेको प्रतिष्ठान मार्फत खाद्य सामग्री प्रदान गरेका छन् । उनले आफनो जन्मदिनको अवसरमा विपन्न परिवारका लागि खाद्य सामग्री हस्तान्तरण गरे ।

हालसम्म विभिन्न संघसंस्थो नगरपालिकालाई १० लाख ६५ हजार ७७३ रुपैया नगद सहयोग गरेका छन् ।

त्यस्तै ५१ हजार ६४२ किलो चामल, १ हजार ७५१ किलो दाल, १ हजार ८३५ किलो नून, ६३७ लिटर तेल, ४ हजार ६८८ पिस साबुन र २५ किलो पिठो समेत सहयोग प्राप्त भएको मेयरका स्वकिय सचिव निर्मला चौधरीले जानकारी दिइन् ।



आइतबार २१, बैशाख २०७७ १२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.