नेकपामा फेरिएको सिटीङ एरेन्जमेन्टसँगै थपियो आत्मालोचना

Yugnepal     942 पटक पढिएको    

नेकपामा फेरिएको सिटीङ एरेन्जमेन्टसँगै थपियो आत्मालोचना

 

काठमाडौं। कोरोनाको कारण सोसल डिस्टान्स कायम गर्दै वैठक गर्नुपर्ने भएपछि नेकपाको सचिवालयको वैठक केहि समयदेखि वालुवाटारको हलमा हुँदै आएको थियो। सो हलमा नेकपाको वैठकदेखि मन्त्रीपरिषदको वैठक समेत हुँदै आएको थियो। वैठक अनुसारका सिटीङ एरेन्जमेन्ट भएपनि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सीट अरुभन्दा फरक शैलीमै राखिन्थ्यो र देखिन्थ्यो पनि त्यस्तै।

अरुभन्दा केहि पर र केहि फरक केपी ओलीको सीट हुन्थ्यो। पछाडीबाट खिचिएको तस्विरमा समेत उनको अनुहार नदेखिए पनि उनको सीट भने चिनिन्थ्यो। त्यो चिन्ने कारण प्रष्ट थियो। प्रधानमन्त्री सचिवालयले गर्ने सीटीङ एरेन्जमेन्टरमा ओलीको सीटमा प्रयोग गर्ने कपडा। अरुको सीटमा ढाकिले सेतो कपडा भएपनि प्रधानमन्त्री तथा नेकपा अध्यक्षको सीटमा भने जहिले पनि रातो कपडाले ढाकेर फरक र बिशेष भएको अनुभुती गराउने प्रयास हुँदै आएको थियो।

प्रधानमन्त्रीले पनि यि सीटीङ एरेन्जमेण्टमा केहि सुधार गराउने प्रयास नहुँदा त्यस्तै चल्दै आएको थियो। विवादका बीच ओलीले पनि त्यसमा किन ध्यान दिन्थे र। शनिवारको दृश्य भने सोहि कोठामा तिनै नेताका बीच फरक देखियो। दुई अध्यक्षको हैसियतमा भएपनि वालुवाटारमा वैठक गर्दा ओलीको सचिवालयले अपमानित गर्ने पटक पटक प्रयास हुँदै आएको प्रचण्डले आफ्ना निकटहरुसँग बताउने गरेका थिए। यसमा ओलीले केहि अपमान गर्न खोजेका पनि थिए। तर शनिवार धेरै हिसावले मिल्नु पर्ने वाध्यता थियो। मिल्ने नै भनेपछि ओलीले सिटीङ एरेन्जमेण्ट पनि सुधार्न लगाए। नेताहरु मिलेको मेसेज वाहिर जाँदा यो सिटीङ एरेन्जमेण्टको चर्चा पनि यसरी चुलियो की अब सबै कुरा मिलेको झै भएको छ। यो सिटीङ एरेन्जमेण्टसँगै नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डले आत्मालोचित हुँदै अघी बढ्ने सहमति जनाए। पार्टीका तल्लो निकायलाई समेत पार्टी हित विपरित नहुने गरि लाग्न निर्देशन दिए। 

सिटीङ एरेनजमेण्टसँगै वामदेवलाई आफ्नो पक्षमा पारेर ओलीले सबैलाई चक्मा दिए। सांसद नै नभएका वामदेवलाई सांसद बनाएर प्रधानमन्त्री बनाउने उधारो नै सही आश्वासन पाएपछि वामदेव ओलीको पोल्टामा पुगे। हेर्दाहेर्दै आफ्नो गोजीबाट ओलीको पोल्टामा पुग्दा पनि वामदेवलाई रोक्न न प्रचण्डले सके न माधवको प्रयास सार्थक भयो। वामदेवको एकपटक प्रधानमन्त्री हुने इच्छामा प्राण नै अड्केको बुझेका ओलीले सहि समयमा दाउ थापे। नभन्दै दाउ उनकैमा पल्टियो।

पटक पटक धोका पाउँदै भकुण्डो बनेका वामदेवलाई यसपटक भने धोका नदिने वचन दिदै ओलीले उनका लागि खगराज अधिकारीले पोखरा, महेश बस्नेतले भक्तपुर, रामविर मानन्धरले काठमाडौं, खेम लोहनीले धार्दिङ, दल बहादुर रानामगरले पाल्पासँगै बाँके र बर्दियाको सहज र सुरक्षित हुने कुनै सीटबाट उठाउन सकिने खाका पेश गरे। वहालवाला सांसदलाई राजिनामा दिन लगाएर यथासमयमा चुनाव गराउने भनेपनि कोरोना संक्रमण पछि मंसिरमा चुनाव गराई उनलाई संसद प्रवेश गराउने ओलीले बचन दिए।

विभिन्न जिल्लाका सांसदहरुले पार्टीको द्वन्द मिलाउन आफूहरुले सांसद पद त्याग गर्न तयार रहेको सूचना गरेका थिए। त्यो कुरा ओलीले गौतमलाई बताए। मैदानमा उतारेपछि जित्ने ठाउँमै उमेद्वार बनाउनुपर्नेमा नेतृत्व सचेत देखिएको थियो। यसका लागि लामो समयदेखि कम्युनिष्ट गढको रुपमा रहेको संसदीय क्षेत्र रोजाईमा पर्यो। त्यस्तो रोजाईमा पनि शहरी प्रभाव कम भएको ठाउँ उपयुक्त हुने सुझाव नेतृत्वलाई नेकपाका रणनीतिकारहरुले दिएका थिए।

स्रोतका अनुसार पंचायतकालदेखि कम्युनिष्ट गढका रुपमा रहेको पाल्पा उपयुक्त हुने सुझाव धेरै ठाउँबाट नेकपा नेतृत्वलाई दिइयो। नेकपा सांसद दल बहादुर रानाले जितेको क्षेत्र तुलनात्मक रुपमा शहरी जनमत भन्दा कम प्रभावित हुने आँकलन पछि वामदेवलाई सो क्षेत्रमा उमेद्वार बनाउनेमा ओली पुगेका थिए। यसमा वामदेव पनि राजी भएका छन्। नेकपाले काठमाडौं, भक्तपुर लगायतका ठाउँमा भने जनमत क्रिटिकल हुने र त्यो गौतमका लागि प्रत्युत्पादक समेत हुनसक्ने सुझाव दिएपछि नेकपा नेतृत्व शहरी क्षेत्रमा जान हच्किएको थियो। केहि चरणको छलफल पछि पाल्पा उपयक्त हुने निष्कर्ष पछि उनकव लागि त्यो सीटमा उमेद्वार बनाउने सहमति जुटेको हो। यो सहमतिलाई उपयुक्त समयमा गर्ने भनेको निर्णयमा प्रकट भएर आउने विश्वास गौतम निकटका कार्यकर्तामा छ। सो निर्णयले वामदेवको भाग्य कसरी खुल्ने हो त्यो भने अझै रहस्यकै गर्भमा छ। हाम्राकुरा बाट साभार



आइतबार २१, बैशाख २०७७ १०:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.