“संकटको घडीमा जात,धर्म,समुदाय भन्दा मानवधर्म सर्वोपरी हुन्छ “ पुर्वराजा

Yugnepal     3168 पटक पढिएको    

“संकटको घडीमा जात,धर्म,समुदाय भन्दा मानवधर्म सर्वोपरी हुन्छ “ पुर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणको त्रास घट्ने भन्दा झन् बढ्दै गएको सन्दर्भमा संकटको घडीमा जात, धर्म, समुदाय भन्दा मानवधर्म सर्वोपरी हुन्छ भन्नुभएको छ ।

उहाले   ट्वीटरमार्फत उक्त कुरा बताउनु भएको हो ।

 सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले ” भन्नुभएको कोरोना संक्रमणको त्रास घट्ने भन्दा झन् बढ्दै गएको कुरा नकार्न सकिन्न । सरकारले जाँच प्रणाली र आवश्यक उपकरणको तिब्रता बढाउनु नै बुद्धिमानी हुनेछ । संकटको यस घडीमा जात, धर्म, समुदाय भन्दा मानवधर्म सर्वोपरी हुन्छ । स्वास्थ्यकर्मी, सेना, प्रहरी र आमनागरिकबाट स्वधर्म पालना हुने नै छ ।सम्पूर्ण विश्व नै कोरोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जोगाउन हरसम्भव प्रयासमा लागि परेका बेला अनावश्यक राजनैतिक विषयवस्तु उठान गरी एक अर्काको विवादमा अल्मलिनु सर्वथा घातक हुनसक्छ । सम्पूर्ण नेपाली एक भएर पवित्र मनले परिस्थितिसँग जुध्नु आजको अनिवार्य आवश्यकता हो  ।

नयाँ दाउमा पुर्वराजा श्री ...



मङ्गलबार १६, बैशाख २०७७ ०२:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.