अध्यादेश खारेज गर्न दबाब -  प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Yugnepal     895 पटक पढिएको    

अध्यादेश खारेज गर्न दबाब -  प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सरकारले जारी गरेको दलबदल र संवधानिक परिषद्सम्बन्धी दुई अध्यादेशको चर्को आलोचनाका साथै त्यसलाई खारेज गर्नुपर्ने दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।


अध्यादेशको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाललाई अध्यादेश खारेज गरिने आश्वासन दिएका थिए । तर, अध्यादेश कहिले फिर्ता हुने अन्यौल बढेपछि भैँसेपाटीमा नेकपाका शीर्ष नेताहरुको बैठकले तत्कालै अध्यादेश फिर्ता हुनुपर्ने निष्कर्ष निकालेको थियो ।


 पार्टीका २० जना स्थायी समिति सदस्यहरुले बुधबार मात्रै अध्यादेशले पार्टीलाई बलियो नबनाउने भन्दै छलफलका लागि तत्काल बैठक बोलाउन माग गर्दै अध्यक्षलाई पत्र पठाएका थिए ।


प्रधानमन्त्रीले यस विषयमा बिहीबार साँझ राष्ट्रपति विद्यादेवि भण्डारीसँग पनि छलफल गरेका थिए ।

अध्यादेश जारी भएपछि समाजवादी पार्टी फुटाउन सांसदलाई नै कथितरुपमा अपहरण गरेको समाचार आएपछि यतिबेला सरकार थप आलोचित बन्न पुगेको छ ।



शुक्रबार १२, बैशाख २०७७ ११:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.