श्रमिकको उद्धार कार्यमा नेपाल ट्रेड युनियन कांग्रेसको निरन्तरता

Yugnepal     1129 पटक पढिएको    

श्रमिकको उद्धार कार्यमा नेपाल ट्रेड युनियन कांग्रेसको निरन्तरता

 

काठमाडौं । कोरोना भाइरस महामारीको रोकथाम र नियन्त्रणका लागि विगत १ महिना भन्दा वढि समयदेखि देशव्यापी रुपमा पूर्ण रुपमा भएको लकडाउनका कारण खासगरी अनौपचारिक क्षेत्रमा दैनिक मजदूरी गर्ने श्रमिकहरु प्रताडित भएका छन् । 

काम गर्दै आएको दैनिक रोजगारी बन्द भएको र महामारीको प्रभाव कति समय लम्वने भन्ने अनिश्चित भएको अवस्थामा हजारौं मजदूरहरु भोक भोकै पैदल हप्टा दश दिनको यात्रा तय गरी आ– आफ्ना गाउँ घरतिर फर्कन वाध्य भएका छन् ।

वर्तमान संकटले सवैभन्दा बढी मारमा परेका मजदूरहरुलाई सके सम्म सहयोग पुर्याउनु पर्दछ भन्ने उद्धेश्यले यस नेपाल ट्रेड युनियन काँग्रेसको आवद्ध संघ, प्रदेश, जिल्ला र केन्द्रवाट आफ्ना सिमित स्रोत साधनलाई परिचालन गरी श्रमीकहरुको उद्धार गर्ने क्रममा खाना, यातायात सुविधा, खाद्य सामग्री र स्वास्थ्य सुरक्षाका सामग्री उपलव्ध गराउँदै आएको छ ।

यसै क्रममा गत बिहिबार लोकतन्त्र दिवसका अवसरका आआफ्ना घरतर्फ जान बाटोमा हिंडेका वाँके, वर्दिया, कैलाली र रुकुमका करिव ३०० मजदूरहरुलाई काठमाडौंको बल्खु र कलंकीमा खाना खुवाउने कार्य सम्पन्न गरेको छ । 

उक्त कार्यको संयोजन नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्की, महासचिव योगेन्द्र कुमार कँुवर, उपमहासचिवहरु गणेश के।सी।र राधिका कुईकेल तथा कोषाध्यक्ष मोहन वस्नेत लगायतले गरेका थिए । 

घोषित लकडाउन कायम रहेसम्म काठमाडौं उपत्यकाभित्र अनौपचारिक क्षेत्रका मजदूरहरु जो हालको संकटका कारण सांझ विहान खान नपाई अलपत्र परेका छन् उनीहरुलाई घर जान यातायातको सक्दो व्यवस्थापन र खाना खुवाई सहयोग गर्ने नीति लिएको पनि युनियनले जनाएको छ । 

शुक्रबार गोंगवु क्षेत्रमा रहेका करिव ३०० मजदूरहरुलाई खाना खुवाउने कार्यक्रम रहेको पनि युनियनले जनाएको छ । 



शुक्रबार १२, बैशाख २०७७ ११:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.