समसामयिक राजनीतिक विषयमा छलफल काँग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ मा

Yugnepal     965 पटक पढिएको    

समसामयिक राजनीतिक विषयमा छलफल  काँग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ मा

 

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही वैशाख १७ गते दिउँसो १ बजे बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सोमबार जारी गरेको अध्यादेश र कोरोना भाइरस सङ्क्रमण रोकथामका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसअघि मङ्गलबार बसेको काँग्रेस पदाधिकारी बैठकले सोही विषयमा छलफल गरेको थियो।  रासस



बुधबार १०, बैशाख २०७७ १०:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal