सेती प्रादेशिक अस्पतालबाट कोरोनाको उपचार गरेर फर्किने विक तेस्रो व्यक्ति

Yugnepal     703 पटक पढिएको    

सेती प्रादेशिक अस्पतालबाट कोरोनाको उपचार गरेर फर्किने विक तेस्रो व्यक्ति

सेती प्रादेशिक अस्पतालबाट कोरोनाको उपचार गरेर फर्किने विक तेस्रो व्यक्ति हुन । अव दुई महिला उपचारमा छन् ।

धनगढी, वैशाख १० गते । कञ्चनपुरको बेदकोट नगरपालिका‐१० चतरीका एक ४१ वर्षीय इन्द्र विक कोरोना संक्रमण ठिक भएपछि बुधबार घर फर्किएका छन । उनी सेती प्रादेशिक अस्पतालबाट उपचार ठिक भएर घर फर्किने तेस्रो संक्रमित हुन ।

१८ दिन उपचार गरेर घर फर्किएका उनी चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । काम खोज्न चैत २ गते भारत गएर लकडाउनका कारण विक १४ गते घर आएका थिए । उनीसंगै फर्किएका १३ जनाको नेपाली सेनाले स्वाब संकलन गरेको थियो । केन्द्रीय प्रयोगशाला काठमाडौले चैत २२ गते उनमा मात्रै कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

उनी कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर सुन्नीगाउँ पुगेका थिए । तर नेपाल भारत दुइवटै देशमा लकडाउन भएपछि १३ गते उनी भारतबाट आएर १४ गते सीमामा पुगे । उनीहरु ब्रहमदेव क्षेत्र भीमदत्त नगरपालिकाको ‐९ मटेनाबाट महाकाली नदीमा पौडी खेलेर नेपाल आएका थिए । तर सशस्त्र प्रहरीले भेटेपछि नियन्त्रणमा लिएर बेदकोट नगरपालिकाको सडकमा छोडेका थिए ।

त्यसपछि उनीसहितका १३ जनाले गाउँमै गएर बस्न खोजे । तर गाउँलेले अवरोध गरेपछि १२ बजे राति नगरपालिकाले क्वारेन्टाइनमा राखेको नगरप्रमुख अशोक चन्दले बताउछन् ।
खेतबारीका नाममा चार कट्टा जग्गा मात्रै भएका उनका श्रीमती, १० वर्षकी छोरी र १५ वर्षको छोरा छन् । बालबच्चाको पालन पोषणका लागि नै उनी कञ्चनपुरबाट नजिकैको छिमेकी उत्तराखण्डको चम्फावतलगायतका जिल्लामा जाने आउने गरिहन्छन् । यसपटक पनि सुन्नी गाउँमा सडक खन्ने गरेर उनीहरु त्यता गएका थिए 



बुधबार १०, बैशाख २०७७ १०:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.