नेपालमा कोरोना संक्रमितको संख्या ३१, तीन जनालाई निको

Yugnepal     784 पटक पढिएको    

नेपालमा कोरोना संक्रमितको संख्या ३१, तीन जनालाई निको


काठमाडौं। नेपालमा कारोना भाइरस  कोभिड–१९ संक्रमितको संख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताए ।

उनले शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा शनिबार परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिए । 

उनका अनुसार ती व्यक्ति उदयपुरका ६५ वर्षीय पुरुष हुन्। उनका अनुसार सङ्क्रमित नेपाल वा भारती हुन भन्नेबारे अझै विस्तृत विवरण प्राप्त हुन सकेको छैन। 

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ। शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो।

मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले कोशी अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताए। उनले सङ्क्रमितका नजिकका आफन्तको कन्ट्याक ट्रेसिङ पनि शुरु गरिएको जानकारी दिए।

नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएका मानिसमा सङ्क्रमित देखिएको थियो। 

शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत १९ वर्षीया प्रसिद्धि श्रेष्ठ पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएकी छिन्। 

यसअघि पहिलो संक्रमित स्वस्थ्य भई घर फर्किएका थिए । त्यस्तै ६५ वर्षीया महिला पनि स्वस्थ्य भई शनिबारै घर फर्किएकी छिन् । 

दम र उच्च रक्तचाप भए पनि बाग्लुङ नगरपालिका– ३ गैँडाकोटकी मनकुमारी पौडेलले कोरोना जित्न सफल भएकी हुन् । 

अहिलेसम्म नेपालमा ८ हजार १७ जनामा स्वाब परीक्षण भएको छ । ७ हजार ९८७ जनामा संक्रमण देखिएको छैन । 

र्यापिड टेष्ट भने सबै प्रदेशमा भइरहेको छ । १९ हजार ४ सय ५४ जनाको आरडीटी भएको र ७७ वटै जिल्लामा परीक्षण थालिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन् । 



आइतबार ०७, बैशाख २०७७ १०:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.