सेती प्रादेशिक अस्पतालले प्रसुती सेवा बन्द गर्ने निर्णय

युग संवाददाता     2474 पटक पढिएको    

सेती प्रादेशिक अस्पतालले  प्रसुती सेवा बन्द गर्ने निर्णय

 


सेती प्रादेशिक अस्पतालले बुधवारदेखि प्रसुती सेवा बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले चैत १५ गते सेती प्रादेशिक अस्पतालाई कोभिड १९  कोरोना भाईरस  डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेयता पाँच जना संक्रमितको उपचार भईरहेको छ ।

संक्रमितसंगै अन्य बिरामीलाई एउटै अस्पतालभित्र सेवा प्रवाह गर्दा संक्रमण फैलिने जोखिम रहेकोले हालसम्म सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा बुधबारदेखि बन्द गर्ने निर्णय गरेको हो ।

सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा धनगढीस्थित नवजीवन अस्पतालले दिने बताईएको छ । नवजीवनमा सरकारको आमा सुरक्षा कार्यक्रम लागु रहेको छ । अन्य निजी अस्पतालमा प्रसुतीसेवा महंगो पर्ने भएकोले सामाजिक विकास मन्त्रालयको निर्देशनमा सेती प्रादेशिक अस्पतालले नवजीवन अस्पताललाई प्रसुती सेवा दिने व्यवस्था मिलाउन सेती प्रादेशिक अस्पतालाई पत्राचार गरेपछि अस्पतालले प्रसुती सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बैशाख १ गते सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा बन्द गरी सो सेवा नवजीवन अस्पतालमा दिने व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिने निर्णय गरेको थियो ।


सेती प्रादेशिक अस्पतालमा प्रसुती वार्डमा आधा दर्जनभन्दा बढि स्त्री रोग बिशेषज्ञ, दर्जनौ नर्स र स्वास्थ्यकर्मीहरुले प्रसुती सेवा दिदै आएका थिए । जहाँ दैनिक २५ देखि ३० जनाले प्रसुती सेवा लिने गरेका थिए । नवजीवन अस्पतालले प्रसुती सेवाको यो चाप थेग्ने सक्ने अवस्था भने छैन । नवजीवनसंग पर्याप्त चिकित्सक र स्वास्थ्यकर्मीहरु छैनन ।



मङ्गलबार ०२, बैशाख २०७७ ०७:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal