कोरोनाबाट अहिलेसम्म १४ गैरआवासीय नेपालीको ज्यान गयो, ६६५ जना संक्रमित

Yugnepal     988 पटक पढिएको    

कोरोनाबाट अहिलेसम्म १४ गैरआवासीय नेपालीको ज्यान गयो, ६६५ जना संक्रमित

लण्डन । विश्वभर फैलिएको कोरोना भाइरस ९कोबिड–१९० बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९एनआरएनए० को संख्या १४ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्स युएईमा १ जनाको ज्यान गएको हो ।

स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनाका आधारमा  सो आँकडा तयार पारिएको डा सापकोटाले जनाए ।

संक्रमित हुनेमा अमेरिकामा ५ सय, बेलायतमा एक सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्चुगलमा ८, अष्ट्रेलियामा ९, साउदी अरेबियामा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १, म्यानमारमा १ र हङकङमा १ जना हुन् । 

नेपालमा संक्रमितको संख्या १२ पुगिसकेको छ । आइतबार ३ जना थपिएका हुन् । संक्रमितमध्ये एक जनालाई निको भएको छ । ९शर्मा कोभिड १९ एनआरएनए उच्चस्तरिय समितिका प्रेस संयोजक हुन् हाम्राकुरा बाट 



आइतबार ३०, चैत २०७६ १२:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.