घोडाघोडी नगरपालीका द्धारा प्रकोप व्यवस्थापन कोष  स्थापना

Yugnepal     1378 पटक पढिएको    

घोडाघोडी नगरपालीका द्धारा प्रकोप व्यवस्थापन कोष  स्थापना


कैलालीको घोडाघोडी नगरपालीकाले स्थानीय तह प्रकोप व्यवस्थापन कोषको स्थापना गरेको छ । चीनको हुवेइ प्रान्तमा देखा परि विश्वव्यापी महामारीको रुपमा फैलिदै गइरहेको नोवेल कोरोना भाइरस  कोभिड १९ को संक्रमण नियन्त्रण तथा उपचार लगाएत प्राकृतिक प्रकोप व्यवस्थापन का लागी घोडाघोडी नगरपालीका द्धरा स्थानीय तह प्रकोप व्यवस्थापन खाता संञ्चालनमा ल्याइएको बताइएको छ । नगरपालिकाले कैलालीको सुखडमा रहेको कृषि विकास बैंकको खाता  नम्बर ०८२२३००४१११५११४५ संञ्चालनमा ल्याएको जानकारी गराएको छ । नगरको स्थानीय तह प्रकोप व्यवस्थापन कोषको खातामा रकम जम्मा गरी सहयोग गर्न चाहनु हुने इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले स्वेच्छिक रुपमा आआफ्नो तर्फ रकम आफुहरुले संञ्चालनमा ल्याएको खातामा जम्मा गर्न सकिने बताइएको छ । उक्त खातामा जम्मा हुने सम्पूर्ण रकम नगरपालिकाले स्थानीय प्रकोप व्यवस्थापनमा मात्रै खर्च गर्ने घोडाघोडी नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले जनाएका छन् ।  विपदको बेलामा सबै को सहयोग र सहकार्य अपरिहार्य हुने हुदा सम्पूर्णमा सहयोगका लागि आह्वान समेत गरिएको छ ।



शुक्रबार २८, चैत २०७६ ०१:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal