धनगढी । नोबेल कोरोना भाइरस कोभिड–१९ को रोकथामका लागि गरिएको लकडाउनका क्रममा छाक टार्न समस्या परेका नागरिकलाई राहत दिन तयार गरेको खाद्यान्न उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले आफन्त र निकटका कार्यकर्तालाई वितरण गरेका छन् ।
धनगढी उपमहानगरपालिकाका पदाधिकारी र कर्मचारीहरुले आफन्त र आफ्ना पार्टीका कार्यकर्तालाई वितरण गरेको भन्दै बिहीबार धनगढीका बासिन्दा लकडाउनको बेवास्ता गर्दै उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उपमहानगरपालिकाका पदाधिकारी र कर्मचारीले लकडाउन उलंघन गर्दै कार्यालयबाट कांग्रेस निकट कार्यकर्ता र आफ्ना निकटलाई राहतको पोका दिएर पठाएको देखेपछि नगरबासीहरु लकडाउनको वेवास्ता गर्दै बिहिबार दिउँसो कार्यालय पुगेका थिए ।
स्थानीय एक महिलाले उपमहानगरको कार्यालयबाट राहत दिइएको थाहा पाएर आफू आएको बताउँदै आफूलाई नदिएको बताइन् । उपमहानगरपालिकाकै एक जना निर्वाचित सदस्यले नाम उल्लेख नगर्ने सर्तमा आफ्ना मानिसहरुलाई नगरपालिकाले राहत दिइरहेको बताए । उनले राहत पाउनुपर्ने परिवार भन्दा निकट हेरेर राहत पठाइरहेकाले वडामा राहत वितरण गर्न समस्या भइरहेको समेत बताए ।
उपमहानगरपालिकाको कार्यालयबाटै राहत वितरणमा भइरहेको थाहा पाएर कार्यालय पुगेका नागरिकहरुको भिड बढेपछि उनीहरुलाई घरघरमै पु¥याइदिने भन्दै फर्काइएको छ ।
तर, धनगढी उपमहानगरपालिकाका प्रवक्ता तथावडा नं। १ का अध्यक्ष सन्तोष मुडभरीले कार्यालयमा राहत माग्न आउने जेष्ठ नागरिकलाई बाध्यताबस राहत दिएर पठाएको हुनाले कार्यालयबाट वितरण भइरहेको भन्दा कार्यालयमा भिड जम्मा भएको बताए । उनले राहत वितरण खुला रुपमा गरिने भएकाले कसले पायो, कसले पाएन भन्ने सबैलाई थाहा हुने बताउँदै निकटलाई नदिएको दावी गरे ।
प्रतिकृया दिनुहोस