प्रदेश सरकारले १६ करोड रुपैयाँ प्रदेशमाका ८८ वटै स्थानीय तहहरु मार्फत् राहत वितरण गर्ने निर्णय

कोरोना

Yugnepal     893 पटक पढिएको    

प्रदेश सरकारले  १६ करोड रुपैयाँ प्रदेशमाका ८८ वटै स्थानीय तहहरु मार्फत् राहत वितरण गर्ने निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोष सञ्चालन तथा राहत वितरण मापदण्ड पारित गरेको छ ।
सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले कोष सञ्चालन तथा राहत वितरण मापदण्ड पारित गरेको हो । पारित मापदण्ड अनुसार अति विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारलाका लागि प्रति परिवार तीन हजार रुपैयाँका दरले १६ करोड रुपैयाँ प्रदेशमा रहेका ८८ वटै स्थानीय तहहरु मार्फत् राहत वितरण गर्ने निर्णय गरिएको छ ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार प्रदेशमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई १५ लाख रुपैयाँको विमा थप गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ । साथै सबै अस्पताल विकास माहतहतका स्वास्थ्यकर्मीको लागि प्रोत्साहत भत्ताको व्यवस्था गर्ने निर्णय पनि गरिएको छ ।
प्रदेशमा रहेका सञ्चारकर्मीका लागि पनि १५ लाख रुपैयाँको बिमा गर्ने निर्णय समेत प्रदेश सरकारले गरेको छ । प्रदेश सरकारले सबै जिल्ला अस्पतालहरुका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय पनि गरेको छ । प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई ५ लाखका दरले र नेपाली सेना, सशस्त्र प्रहरी, र नेपाल प्रहरीलाई १५ लाखका दरले व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय समेत प्रदेश सरकारले गरेको छ ।
साथै प्रदेशमा फागुन मसान्तसम्म तिर्नुपर्ने कर, शुल्क र दस्तुर तिर्ने अवधि बैशाख मसान्तसम्म थप गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।
प्रदेश सरकारले ४० करोड रुपैयाँमा स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोषमा एक करोड रुपैयाँ भन्दा बढि सहयोग जम्मा भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव बालकृष्ण घिमिरेले विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट एक करोड भन्दा बढि रकम जम्मा भएको बताए । उनले एकीन तथ्यांक बैंकबाट लिन बाँकी रहेपनि ४१ करोड भन्दा बढिको कोष जम्मा भएको बताए ।



बिहिबार २७, चैत २०७६ ०७:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.