बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुरमा रहेका बादी समुदायलाइ राहत स्वरुप चामल बितरण गरिएको छ ।
शनिवार बझाङ्ग उधोग वाणिज्य संघको पहलमा चैनपुरका बादी समुदायलाइ राहत बितरण गरेको उधोग वाणिज्य संघ बझाङ्गका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए । अध्यक्ष सुर्मेलीले सरकारले लकडाउनको धोषणा गरेपछि सदरमुकाम चैनपुरमा रहदै आएका वादी समुदायलाइ दैनिक खान समस्या भएको खबर दुनेपछि राहत स्वरुप पाँच कट्टा मसिनो चामल र एक पेटी तेल बितरण हरेको बताए । राहत पाएपछि खुशी हुदै स्थानीय रमेश वादीले दुइ तिन हप्ताको लागि भएपनि खाने ब्याबस्था भएकोमा खुशी लागेको बताए ।
बझाङ्ग उधोग वाणिज्य संघले यस अघि पनि सदरमुकाम चैनपुरमा डयुटी खटिएका नेपाल प्रहरी र शसश्त्र प्रहरी टोली लाइ चाउचाउ पानी र पन्जा मास्क बितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस