कैलालीसहित तीन जिल्लामा र्‍यापिड टेस्टु गर्ने सरकारको निर्णय

Yugnepal     878 पटक पढिएको    

कैलालीसहित तीन जिल्लामा र्‍यापिड टेस्टु गर्ने सरकारको निर्णय

काठमाडौँ — सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । 


प्रधानमन्‍त्री, मन्त्रीहरुबीच सामाजिक दूरीसहित बालुवाटारमा मन्त्रिपरिषद् बैठक । तस्बिर सौजन्य स् प्रधानमन्‍त्रीको सचिवालय


र्‍यापिड टेस्ट किटको प्रयोग गर्ने बताए पनि चीनबाट ल्याइएका किटहरुको गुणस्तर यकिन छैन। एनएचआरसीले गुणस्तर जाँच गर्ने भनिए पनि उसले आफूसँग त्यो क्षमता नभएको बताइसकेको छ।

यस्तै बैठकले एक प्रदेशबाट अर्को प्रदेशको आवागमन र जिल्ला(जिल्ला आवागमनमा नियन्त्रण निर्णय पनि गरेको छ। यसको लागि प्रदेश र स्थानीय सरकारले प्रभावकारी काम गर्न निर्देशन दिएको छ।

मन्त्री खतिवडाका अनुसार आजको बैठकमा लकडाउन बढाउन विषयमा निर्णय नभएको भन्दै छिट्टै मन्त्रिपरिषद् बैठक बसेर यसबारेमा निर्णयले बताए। कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ। संक्रमित संख्या बढ्दै गएमा लकडाउन बढाउने तयारीमा सरकार देखिन्छ। शनिबारसम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ९ पुगेको छ। जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन्।

स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने र पूर्णरुपले सुरक्षित बनाएर उपचारमा लगाउने निर्णय बैठकले गरेको छ ।

यस्तै स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्‍याउने कुनै पनि व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय पनि गरेको छ । स्वास्थ्यकर्मीको सुरक्षामा स्थानीय प्रशासनदेखि तीनै तहका सरकारले व्यवस्था मिलाउने भएको छ । कान्तिपुरबाट साभार
 



शनिबार २२, चैत २०७६ ०८:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.