कोरोना परीक्षण गर्ने उपकरण धनगढी आइपुग्यो

Yugnepal     682 पटक पढिएको    

कोरोना परीक्षण गर्ने उपकरण धनगढी आइपुग्यो

धनगढी । आउने नआउने अनेक आशंकाकावीच कोरोना भाइरस  कोभिड १९० को परीक्षण गर्ने उपकरण नेपाली सेनाको स्काइ ट्रकबाट मंगलबार साँझ धनगढी ल्याइएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सो उपकरण मंगलबार धनगढी पुग्ने बताए पनि धेरैले पत्यार गरेका थिएनन् ।
कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य झपटबहादुर रावलले उपकरण ल्याउन अनेक अड्चन सृजना गर्न खोजिए पनि सो उपकरण धनगढी पुग्नु सुदूरपश्चिमका लागि सुखद रहेको टिप्पणी गरे ।

सो उपकरण हाल सेती प्रादेशिक अस्पतालमा राखिने भएको छ । मन्त्री सुवेदीका अनुसार सो उपकरण सञ्चालन गर्नका लागि तीन जनाको विशेषज्ञ टोली पनि मेसिनसंगै धनगढी आएको छ । सो उपकरण संघीय सरकारले चीनबाट ल्याएर सबै प्रदेशलाई वितरण गर्ने नीति अन्र्तगत धनगढी पठाएको हो ।

विज्ञहरुले सेती अस्पतालका स्वास्थ्यकर्मीलाई यही वेला प्रशिक्षित गर्नेछन मन्त्री सुवेदीले भने, प्रदेश सरकारले ल्याउने अर्को उपकरण पहिलोको जिल्ला जनस्वास्थ्य अस्पतालमा राखिने छ ।
सो उपकरण आएपछि कारोना पुष्टी गर्न छिटो र सजिलो हुने छ । अहिलेसम्म कोरोनाका आशंकित विमारीको नमूना शुक्रराज ट्रफिकल सरुवा रोग अस्पताल काठमाडौ पठाइने गरिएको थियो ।



मङ्गलबार १८, चैत २०७६ ०८:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.