काठमान्डौ कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एक युवाको मृत्यू भएको छ । मृत्यू हुनेमा धादिङ खनियाँबास गाउँपालिकाका ३६ बर्षिय बम बहादुर तामाङ रहेका छन् ।
तामाङ गत फागुन १४ गते भारतबाट आएका थिए । उनलाई कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनको आज उपचारको क्रम्मा मृत्यु भएको हो । तामाङलाई कोरोना लक्षणसंग मिल्दो जुल्दो भएपश्चात आज बिहान ४ बजे पाटन अस्पताल ल्याईएको थियो । साथै उनको परिक्षणको रिपोर्ट आजै दिउसो तीन बजे आउने अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस