चीनबाट आएको मेडिकल सामग्री सातै प्रदेश पुर्‍याइने

Yugnepal     1046 पटक पढिएको    

चीनबाट आएको मेडिकल सामग्री सातै प्रदेश पुर्‍याइने


काठमाडौं। चीनबाट ल्याइएको मेडिकल सामग्रीहरु सातै प्रदेशमा पुर्‍याइने भएको छ।

नेपाल एयरलाइन्सको विमानले चीनको ग्वान्जाओबाट ल्याएको अत्यावश्यक स्वास्थ्य सामग्री आइतबार बिहान ५स्४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले सातै प्रदेशका मुख्यमन्त्रीलाई मेडिकल सामग्री उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

सबै प्रदेशमा अत्यावश्यक परिणाममा उपलब्ध गराउने व्यवस्था भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।



आइतबार १६, चैत २०७६ ०३:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal