नेपालमा कोरोना संक्रमितको संख्या ५ जना

कोरोना

Yugnepal     713 पटक पढिएको    

नेपालमा  कोरोना संक्रमितको संख्या ५ जना

 

काठमाडौं– नेपालमा अर्को कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाका अनुसार बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेकी १९ वर्षकी युवतीलाई कोरोना देखिएको हो ।
यो सहित नेपालमा कोभिड–१९ बाट संक्रमति हुनेका संख्या पाँच जना पुगको छ । उनको अवस्था अहिले सामान्य भएको प्रवक्ता डा।देवकोटाले जनाएका छन् । प्रवक्ता डा।देवकोटाका अनुसार शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि उनमा कोरोना देखिएको पुष्टि भएको हो ।
ती महिला अहिले काठमाडौं बाहिर रहेकी भए पनि उनी चिकित्सकको सम्पर्कमा रहेको पनि प्रवक्ता डा।देवकोटाले बताएका छन् । उनले पत्रकार सम्मेलनको आयोजना गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए ।
प्रवक्ता डा।देवकोटाका अनुसार ती महिला ४ चैतमा मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आएकी थिइन् । उनी र यसअघि काठमाडौंमा संक्रमित भएकी अर्की १९ युवती एउटै जहाजमा कतारको दोहाबाट काठमाडौं आएको देखिएको बताइएको छ । यसअघि शुक्रबार दुबईबाट आएका अर्का युवामा कोरोना भाइरस पुष्टि भएको थियो । उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।



शनिबार १५, चैत २०७६ ०५:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.