महेन्द्रनगरमा  आदेश उल्लङ्घन गर्ने ९६ जना प्रहरीको नियन्त्रणमा

Yugnepal     863 पटक पढिएको    

महेन्द्रनगरमा  आदेश उल्लङ्घन गर्ने ९६ जना प्रहरीको नियन्त्रणमा

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ९६ जनालाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ। 

सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आदेश विपरीत सञ्चालन गरेका सवारीसाधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले बताए। 



बुधबार १२, चैत २०७६ ०७:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal