झापामा कोरोना संक्रमणको आशंका, थप तीनजना क्वारेन्टाइनमा

Yugnepal     726 पटक पढिएको    

झापामा कोरोना संक्रमणको आशंका, थप तीनजना क्वारेन्टाइनमा

 


झापा । विश्वभर कोरोना संक्रमणको कहालिलाग्दो महामारीमा लाखौ संक्रमीत हुँदै गर्दा यता भारतसँग सिमाना जोडिएको झापा जिल्लामा पनि कोरोना संक्रमणको आशंकामा ३ जनालाई आज मंगलबार  क्वारेन्टाइनमा पठाइएको छ । 

झापाको गौरादह नगरपालिकामा सन्क्रमणबाट साबधानी अपनाउन १०  झापाको बेडको क्वारेन्टाइनको ब्यबस्था गरिएको छ । गौरादह ३ स्थित अतिथी सदनमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो । त्यसैगरि कमल गाँउपालिकाले कोरोना भाइरसको संक्रमण हुन सक्ने जोखिमवाट सावधानी अपनाउनका लागि १५ वेडको क्वारेन्टाइन निर्माण गरेको छ । 

तोपगाछी स्थित केर्खा वजारको शहिद धर्मभक्त माध्यमिक विद्यालयमा आज विहान १५ बेडको क्वारेन्टाइन निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले वताए  थुलुङले बताए ।

प्राप्त जानकारी  अनुसार निर्माण गरिएको क्वारेन्टाइनमा ५ महिलाका स्वास्थ्य साखा प्रमुख निमित्त सहित १५ वेड राखिएको छ । त्यहाँ कोरोना भाइरसको संक्रमण हुन नदिन प्रभावितहरुलाई राख्न तयारी गरिएको  क्वारेन्टाईनमा कोरोना भाइरस संक्रमण हुन नदिन पूर्व तयारी स्वरुप स्वास्थ्यकर्मी सहित अन्य आवश्यक भौतिक सामाग्रीहरु समेत राखिने गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्ले बताइन ।

त्यसैगरी विदेशबाट भर्खरै नेपाल आएका झापाका अन्य तीन जनालाई आजदेखि जिल्लाको चन्द्रगढीस्थित क्वारेन्टाइनमा राखिएको छ । झापा ,गौरादह नगरपालिका वडा नम्बर ९ स्थित वैगुनधुराका दुई जना र शिवसताक्षी नपा १०स्थित माईधारका एक जनालाई आज संक्रमणको सावधानी स्वरुप क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिएका छ्न  । 

उनिहरुलाइ संक्रमणवाट जोगाउन क्वारेन्टाइनमा पठाइएको  निरीक्षक ठाकुरले बताए  । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार, झापामा १ जना आइसोलेसनमा, १६ जना क्वारेन्टाइनमा र ४१ जना होम क्वारेन्टाइनमा रहेका छन् । हामकुरा बाट



मङ्गलबार ११, चैत २०७६ ०८:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.