स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित युवतीको सम्पर्कमा आएकाको खोजी थाल्यो

Yugnepal     753 पटक पढिएको    

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित युवतीको सम्पर्कमा आएकाको खोजी थाल्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार काठमाडौंमा कोरोना भाइरस९कोभिड–१९०को संक्रमण देखिएकी युवतीको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्न थालेको छ।

सोमबार ती युवतीको घरमा एक टिम पठाएर उनको सम्पर्कमा आएका व्यक्तिहरुबारे सोधखोज थालेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए।

‘ती युवतीको सम्पर्कमा आएकाहरुको निरीक्षण गर्न आजै टोली हिँडिसक्यो,’ स्वास्थ्यका अधिकारीले भने, ‘संक्रमित सचेत भएर बस्नुभएको थियो। बाहिर निस्किनु भएको थिएन। तै पनि कोहीसँग सम्पर्क भएको थियो–थिएन, को(कोसँग सम्पर्कमा आएरु भन्ने जानकारी संकलन गर्नुहुन्छ।’

स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलनमार्फत फ्रान्सबाट कतार हुँदै फर्किएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो।

होम क्वारेन्टाइनमा बसेकी उनलाई खोकी लागेपछि उनको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। परीक्षणपश्चात् आइतबार साँझ उनलाई कोरोना संक्रमण देखिएको पुष्टि भएको हो।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उनको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। उनको उपचार तोकिएको मापदण्डअनुसार मन्त्रालयले गरिरको उनले बताए।

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले परिवार र होम क्वारेन्टाइन रहँदा सम्पर्कमा रहेका व्यक्तिलाई परिक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने व्यवस्थालाई आइतबारबाटै अघि बढाइसकेको जानकारी दिएका थिए।

‘हिजैबाट सम्पर्कमा आएका व्यक्तिहरुबारे जानकारी संकलन गर्ने तथा परिक्षण थाल्नेकाम अघि बढाएका छौं,’ ढकालले भने, ‘जहाजमा सँगै आएको र सम्पर्कमा रहेका व्यक्तिलाई खोजी गरेर त्यही दायराभित्र ल्याउनेछौं।’ नेपाल खबर बाट



सोमबार १०, चैत २०७६ ०४:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.