कोरोनाले विश्वकप लिग २ प्रभावित हुँदा नेपालको खेल अन्योलमा

Yugnepal     1517 पटक पढिएको    

कोरोनाले विश्वकप लिग २ प्रभावित हुँदा नेपालको खेल अन्योलमा

कोरोनाभाइरसको संक्रमणको खतराको कारण आइसिसी क्रिकेट विश्वकप लिग(२ का खेलहरु प्रभावित बनेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० ले लिग(२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक सिरिज स्थगित गरेसँगै लिगका खेल तालिका प्रभावित बनेका हुन्।

आगामी अप्रिल १ देखि अमेरिकाको फ्लोरिडामा हुने लिग आइसिसीले कोरोनाभाइरसको संक्रमणको खतराका कारण स्थगित गरेको हो। ८ अप्रिलसम्म हुने खेलमा अमेरिकासँगै स्कटल्यान्ड र युएईबीच प्रतिस्पर्धा हुने तय थियो।

आइसिसीका हेड अफ इभेन्ट्स क्रिस टेट्लीले तीन राष्ट्रकै क्रिकेट संघसँग समन्वय गरेर सिरिज स्थगित गर्ने निर्णय गरेको बताए। उनले खेल सिरिजका लागि अर्को खेल तालिका प्रकासित गर्ने समेत बताए।

सिरिज स्थगित भएसँगै नेपाल, नामिबिया र स्कटल्यान्डबीच अप्रिल २० देखि २७ अप्रिलसम्म सिरिजमा पनि अन्योलमा परेको छ। सिरिज नामिबियामा हुने तय छ।

ुसुरुमा अफ्रिकामा कोरोनाभाइरसको संक्रमण देखिएको थिएन। त्यसैले खाली रंगशालामा पनि खेलाउने विषयमा अनौपचारिक कुरा भएको थियो,ु नेपाल क्रिकेट संघ ९क्यान० का सचिव अशोकनाथ प्याकुरेलले भने,ुतर अहिले विश्वभर संक्रमण फैलिरहेकाले हामी सचेत छौं।ु

प्याकुरेलले अब आइसिसीको निर्णयअनुसार चल्ने बताए। ुआइसिसीले अमेरिकामा हुने सिरिज स्थगित गरेको छ। नामिबियामा सिरिज गर्ने विषयमा आइसिसीले हामीलाई केहि निर्देशन दिने आसा छ,ु उनले भने।

कोरोनाले सिरिज अन्योलग्रस्त बनेपछि नेपाली टिमको प्रशिक्षण पनि सुरु हुन सकेको छैन। ुहामी सिरिजको तयारीका लागि पनि आइसिसीको निर्णय कुरिरहेका छौं,ु उनले भने।

लिग(२ अन्तर्गत नेपालले गत महिना घरेलु मैदानमा पहिलो त्रिकोणात्मक सिरिज खेलेको थियो। नेपालले अमेरिकालाई दुवै खेलमा हराउँदा ओमानसँगका दुवै खेल गुमाएको थियो।

लिग(२ मा नेपालसहित ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया, युएई र पपुवा न्युगिनी गरी ७ टिमको सहभागिता छ। ओमान १० खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अमेरिकाको १२ खेलबाट १२ अंक छ।

तेस्रो स्थानको स्कटल्यान्डको ८ खेलबाट ९ अंक, चौथो स्थानको नामिबियाको ७ खेलबा६ ८ अंक, पाँचौ स्थानको युएईको ७ खेलबाट ७ अंक र छैटौं स्थानको नेपालको ४ खेलबाट ४ अंक छ। सातौं स्थानको पपुवा न्युगिनीले ८ खेलबाट अंक जोड्न सकेको छैन।

सन् २०२३ को विश्वकपको छनोट रुपमा रहेको लिग(२ मा नेपालले तीन वर्षमा २६ एकदिवसीय खेल खेल्दैछ। जसमा ९ वटा त्रिकोणात्मक सिरिज हुनेछन्। ९ मध्ये ३ वटा सिरिज नेपालमा हुनेछ। लिग–२ का उत्कृष्ट ३ टिम आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा छनोट हुनेछन्। पुछारका ४ टिम आइसिसी क्रिकेट विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा धकेलिनेछन्।



सोमबार ०३, चैत २०७६ ०६:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal