सिमामा चौविस घण्टा कोरोना भित्रिन नदिन चेकजाँच

Yugnepal     770 पटक पढिएको    

सिमामा चौविस घण्टा कोरोना भित्रिन नदिन चेकजाँच

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले त्रिनगर भन्सार नाकामा चौविस घण्टा नै स्वास्थ्यकर्मीहरु राखेर नेपाल भित्रीनेहरुमा कोरोना भाइरस भित्रिन नदिन चेकजाँच भैराखेको बताएका छन् ।
फागुन २४ गतेबाट त्रिनगर भन्सार नाकामा हेल्थ डेस्क राखेर चेकजाँच भैरोको छ नगरप्रमुख वडले भने, दैनिक २ हजार भन्दा बढीको चेकजाँच भैरहेको छ । दैनिक २ देखि ३ जना स्वास्थ्यकर्मीहरु थर्मो स्केल लिएर चेकजाँच गरिरहेका छन् नगरप्रमुख वडले भने, धनगढी उप–महानगरपालिकाको श्रोत र क्षमताले भ्याए सम्म काम गरिरहेका छौं ।
कोरोना सम्मेदनशिलताका बारेमा जनचेतना फैलाउन पर्चा पम्मलेटहरु समेत हेल्थडेस्कबाट भैरहेको छ नगरप्रमुख वडले भने, गरेको कामलाई पनि ग¥यो भन्न नसक्नेलाई हामीले स्पष्टीकरण दिनु आवश्यक छैन ।
चेकजाँचका क्रममा बिरामी भेटिएमा स्वास्थ्य संस्था सम्म पु¥याउने एम्बुलेन्स सिमामा तयारी अवस्थामा भएको भए राम्रो हुने थियो धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले भने, त्यो साधन नगरपालिका संग छैन । भारतको राजधानी दिल्लीमा कोरोना भाईरसको संक्रमण देखापरेको खवर बाहिर आएपछि नेपाल भारत सिमवर्ती शहर धनगढीमा उच्च सर्तकता अपनाईएको छ । धनगढीबाट दिल्लीको दुरी ४ सय ३९.७ किलोमिटरको दुरी रहेको छ । सडक यातायातबाट ९ घण्टा ४२ मिनेटमा धनगढीबाट दिल्ली पुगिन्छ ।

 



सोमबार ०३, चैत २०७६ ०६:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.