प्रथम सुदूरपश्चिम खाना महोत्सवको तयारी पुरा

Yugnepal     818 पटक पढिएको    

प्रथम सुदूरपश्चिम खाना महोत्सवको तयारी पुरा


सुदूरपश्चिम प्रदेशको मौलिक तथा स्थानीय खानाको प्रबद्र्धन गर्न आयोजना हुने सुदूरपश्चिम खाना महोत्सवको तयारी पुरा भएको छ ।
होटल व्यवसायी संघ कैलालीले सोमबार पत्रकार सम्मेलन गरी फागुन १४ गते बुधबार (भोलि) देखि आयोजना हुने सो महोत्सव तयारी पुरा भएको जनाएको हो । संघका अध्यक्ष कलम बमले ९ जिल्लाको प्रतिनिधित्व गर्ने गरी नौ वटा दियो पञ्चकन्याद्वारा बाल्न लगाएर महोत्सव उद्घाटन गर्ने तयारी भएको जनाए । उनले प्रदेशका सबै ९ जिल्लाकै प्रतिनिधि हुने गरी नौं वटा बेलुनको गुच्छा उडाउनुका साथै नरसिंह बजाएर महोत्सव उद्घाटन गरिने बताए । महोत्सवमा नौ वटै जिल्लामा अत्यधिक उत्पादन हुने मकै, कोदो, बेथे, फापर, जौंका परिकारहरु र प्रदेशमा रहेका विभिन्न जातजातिहरुको खानाहरु महोत्सवका मुख्यको रुपमा रहने जनाए ।
संघले महोत्सवमा २८ वटा खानाका र नौं वटा अन्य वस्तुको स्टल रहने जनाएको छ । महोत्सव स्टल प्रवेश निःशुल्क गरिएको र स्टल समेत निःशुल्क गरिएको संघका महासचिव केशवदत्त पाण्डेयले बताए । उनले महोत्सव स्थल भने अनुगमन तथा मुल्यांकन समितिले तोके बमोजिमको मापदण्ड पुरा गरेको हुनु पर्ने बताए ।
आयोजक संघले सोमबार नै स्टल राख्ने व्यवसायीहरुलाई मापदण्ड र सुदूरपश्चिमका खानाका बारेमा प्रशिक्षण समेत दिएको छ । महासविच पाण्डेयले सरसफाई र गुणस्तरलाई समेत ध्यानमा राखेर मापदण्ड तयार गरिएको बताए ।
‘मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना, पर्यटन प्रबद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना’ भन्ने मुल नाराका साथ आयोजना हुने खाना महोत्सवको समयमा विश्व नेपाली साहित्य सम्मेलन पनि खुलामञ्चमा आयोजना हुने भएको छ । सम्मेलनमा विदेशमा रहने नेपाली साहित्यकार समेत आउने भएकाले सुदूरपश्चिमको खानाको प्रचार उनीहरुमार्फत् विदेशमा हुने र पर्यटक भित्र्याउन सघाउ पुग्ने आयोजकको विश्वास छ ।
संघका अध्यक्ष बमले महोत्सवमा प्रदेशको स्थानीय उत्पादन प्रयोग गरी बनाएर खानाको परिकारलाई प्राथमिकता दिइएकाले प्रदेश बाहिर र विदेशमा समेत ति उत्पादनहरुको माग बढ्ने र स्थानीय उत्पादन निर्यातमा समेत सहयोग पुग्ने विश्वासले महोत्सव आयोजना गर्ने तयारी गरेको बताए । उनले महोत्सवमा राखिएका स्टलहरुबाट सुदूरपश्चिमको मौलिक परम्परा, भेषभुषा, संस्कार र संस्कृति झल्किने बताए । उनले त्यसबाट आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्ने बताए ।
महोत्सवबाट सुदूरपश्चिम प्रदेशको खाना स्वास्थ्य बद्र्धक, अर्गानिक र स्वादिष्ट रहेको विश्वास विदेशसम्म पु¥याउने र विदेशी पर्यटकहरुलाई सुदूरपश्चिम आउन लोभ्याउने अध्यक्ष बमले बताए । उनले महोत्सवमा प्लाष्टिक पूर्ण रुपमा निषेध गरिएकाले स्थानीय दुना, टपरी र बोहतामा खाना सर्भ गरिने बताए ।
संघले ग्लोबल नेप्जिल सेफ फेडेरेशनका केन्द्रीय अध्यक्ष लक्ष्मण भण्डारी टोली धनगढीमा आएर सुदूरपश्चिमको खानाहरुबारे अध्ययन थालेको जनाएको छ । संघका अध्यक्ष बमका अनुसार भण्डारीले सुदूरपश्चिमको हालसम्मकै ठूलो भक्के रोटी, सिंगै खसीको वार विक्यु र एक हजार लिटरको भाँडोमा फाँडो पकाउने तयारी गरेका छन् ।
उनले पोखराको पख्र्यात बार टेण्डर्स समेत प्रदर्शन गर्ने तयारी भएको बताए । साथै महोत्सवमा साँझ ४ बजेदेखि हरेक दिन सुदूरपश्चिमको सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गर्ने तयारी गरिएको अध्यक्ष बमले बताए ।

 



सोमबार १२, फागुन २०७६ ०७:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.