सुगुर पालन ब्यवसायि २५ घर परिवारलाइ समुदायिक खोर निर्माण

Yugnepal     1991 पटक पढिएको    

सुगुर पालन ब्यवसायि २५ घर परिवारलाइ समुदायिक खोर निर्माण

 बझाङ्गको  जयपृथ्वी नगरपालिका  ३ का परियार समुदायले   पुर्खा देखि पालन  गर्दै आएको च्वाचे कालो जातको घरेलु सुगुर संरक्षण  गनुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।   वडाअध्यक्ष कलक बहादुर ओलीको प्रमुख आथित्यतामा  सो कार्यक्रम भएको थियो ।
  सुगुर पालन ब्यवसायि २५ घर परिवारलाइ समुदायिक खोर निर्माण तथा भाले खरिद सम्बन्धि एक दिने कार्ययोजना तालिम तथा कृषक समुह गठन गरेको  वडासदस्य धर्मराज रोकाया  बताए ।
कार्यक्रममा  स्वास्थ्थ चौकि इन्चाज रमेश रोकाया किसान संघजिल्ला अध्यक्ष दिपक खडका वडा दलित महिला सदस्य प्रमिला सुनार पत्रकार प्रदिप मलासी पशू सेबा प्रबिधिक  रोकाया  नेल्टा जिल्ला अध्यक्ष  तथा प्राबिधिक जय बहादुर खडका  रेडक्रस जिल्ला प्रमुख श्याम बहादुर नेपाली  लगायतको   सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमा वाट २५ सदस्य कृषक समुह गठन अध्यक्ष  सारदा नेपाली सचिव पुजा नेपाली कोषाध्यक्ष लछ्मी नेपाली लगाएत २५ सदस्य समिति गठन भएको छ ।
पशुपती नाथले  उदपादनमा ध्यान दिन आग्रह  गरेको छ भने वडाअध्यक्ष  सरसफाइ गरि व्यावसायिक रुप लिन  बताए ।



शनिबार २५, माघ २०७६ ०७:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal