कोरोना भाइरस रोकथामका लागि नीतिगत निर्णय

Yugnepal     1141 पटक पढिएको    

कोरोना भाइरस रोकथामका लागि नीतिगत निर्णय

 धनगढी  -नोवेल कोरोना भाइरसको रोकथाम, प्रतिकार्य तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न नीतिगत निर्णय गरेको छ ।
सामाजिक विकास मन्त्रालयले बुधबार अस्पतालहरूमा तयारी योजना र प्रतिकार्य टोलीको व्यवस्था, उच्च सर्तकता तथा जनचेतना फैलाउने मन्त्रीस्तरिय नीतिगत निर्णय गरेको जनाइएको छ ।
सामाजिक विकास मन्त्रालयले तयार गरेको नीतिगत निर्णयमा प्रदेशमा रहेका सरकारी, गैरसरकारी, सामुदायिक तथा नीजि अस्पतालहरूले कोरोना भाइरस सम्बन्धी तयारी योजना बनाउने उल्लेख छ ।
सो निर्णयमा तयारी योजना बनाउदा स्क्रिनिङ र सर्भिलेन्स सम्बन्धी व्यवस्था, आइसोलेसन गर्नका लागि वेड÷रुमको छुट्टै व्यवस्थापन र पूर्व तयारी, सुरक्षाका उपायहरू, प्रयोगशाला परिक्षणको व्यवस्थापन, सम्पर्क व्यक्ति र प्रतिकार्य टोलीको व्यवस्था, सूचना तथा सञ्चार सम्बन्धी व्यवस्थापन र केस व्याख्या, प्राविधिक अल्गेरिथम र मार्गदर्शन अनुसार उपचार तथा व्यवस्थापन गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशमा रहेको प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपत्तकालिन सञ्चालन केन्द्र, स्वास्थ्य निर्देशनालय, स्थानीय तहले पूर्वतयारी र प्रवन्ध मिलाउनुपर्ने जनाइएको छ ।
स्थानीय तहमा कोरोना भाइरस सम्बन्धी जनचेतना फैलाउने तथा प्रचारप्रसार गर्न तथा पूर्व तयारीका लागि सर्तकर्ता अपनाउन भनिएको छ ।
निर्णयमा स्थानीय तहमा उपप्रमुख÷उपाध्यक्षको संयोजकत्वमा ‘नोवेल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समिति’ खडा गरी प्रवद्र्धनात्मक तथा प्रतिकारात्मक जनचेतनामुलक कार्यक्रम बुहप्रतिक्षित सहकार्य तथा समन्वयमा सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै, स्वास्थ्य कार्यालयहरूले जनचेतनामुलक स्वास्थ्य शिक्षा सामग्रीहरूको उत्पादन र विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने जनाइएको छ ।
मन्त्रालयले स्वास्थ्य कार्यालयले स्थानीय तहसंग समन्वय गरि सिमा नाकाहरूमा हेल्थ डेस्क सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।
त्यस्तै, प्रयोगशालालाई परिक्षण सामग्रीहरूको व्यवस्थापन र प्राविधिक सहयोग उपलब्ध गराउन, आपुर्ति केन्द्रलाई औषधी र व्यक्तिगत सुरक्षा सम्बन्धी औजार उपकरणको पूर्वतयारी र प्रवन्ध गर्नुपर्ने जनाइएको छ ।



बिहिबार २३, माघ २०७६ ०५:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.