हिमाली गाउँपालिकामा फैलिएको रोग नियन्त्रमा स्वास्थ्यकर्मीको टिम परिचालन

Yugnepal     995 पटक पढिएको    

हिमाली गाउँपालिकामा फैलिएको रोग नियन्त्रमा स्वास्थ्यकर्मीको टिम परिचालन

बाजुराको हिमाली गाउँपालिकामा फैलिएको मौषमी रुघाखोकी भाइरल ज्वरो इन्फ्लुन्जाले माहामारीको रुप लिएपछि गाउँपालिका केन्द्र आसपासका क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टिम परिचालन गरिएको छ । । गाउँपालिकामा फैलिएको भाइरलजन्य रोगले विद्यालय समेत बन्द भएपछि स्वास्थ्यकर्मी टिम परिचालन गरिएको हो ।


हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजाबहादुर भण्डारीका अनुसार रोग नियन्त्रणको लागि स्थानीय स्तरमा ४ जनाको छुट्टै स्वास्थ्यकर्मीहरुको टिम गठन गरि उपचारमा खटाइएको हो । स्वास्थ्य कार्यालय बाजुराबाट एक जना डक्टर सहित दुइ जना स्वास्थ्यकर्मीको टिम उपचारमा खटिएका र गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल को बिशेष पहलमा गाउँपालिका आफैले एक ट्रक औषधि खरिद गरि नेपालगञ्ज बाट गाउँपालिकामा ढुवानी गरिसकिएको जानकारी दिएको छ । बिरामीहरुको उपचार भैरहेको साथै रोग नियन्त्रणमा नै रहेको दाबी गरिएको छ ।
स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीका अनुसार गत हप्ता शुक्रबार सम्म जम्मा १ सय २० जनाको उपचार गरिएको त्यस्तै गरि २० गते आइतबार ५५ जना , २१ गते सोमबार १ सय ३ जना , २२ गते मंगलबार ५९ र २३ गते बुधबार १२५ जना बिरामीको उपचार गरिएको छ । १ सय ४ डिग्री फरेनहाइड भन्दा बढी ज्वरो आउने टाउको दुख्ने घांटी दुख्ने रुघाखोकी लाग्ने स्वाश फेर्न गारो हुने साथै बच्चाहरुमा झाडापखाला पखाला समेत देखापर्ने यस रोगका मुख्य लक्षण भएको जनाएको छ । यसबाट बच्न खोक्दा हाच्छिउ गर्दा सफा कपडाले वा रुमालले वा पाखुराले नाक मुख छोप्ने साबुन पानीले मिचिमिची हात धुने पोषिला झोलिला खानेकुराहरु प्रशस्तमात्रामा पिउने अनावश्यक भीडभाडमा नजाने सकभर अरु व्यक्ति सग हात नमिलाउने नमस्कार गर्ने अरुले प्रयोग गरेका कपडा रुमाल प्रयोग नगर्ने, चिसोबाट बच्न न्यानो कपडाहरु लगाउने र समयमै नजिकको स्वास्थ्य संस्थामा गइ उपचार गरेमा रोग लाग्न बाट तथा लागिहाले रोगको जटिलता बाट बचाउन सकिने र उपचार निरन्तर भै रहेको र रोग नियन्त्रमा नै रहेकोले नआत्तिन सर्वसाधारण लाइ अनुरोध गरिएको कुरा स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले बताए ।



बुधबार २२, माघ २०७६ ०६:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal