सुंगाला र परिङ्गाल पुर्ण सरसफाइ टोल घोषणा

Yugnepal     1853 पटक पढिएको    

सुंगाला र परिङ्गाल पुर्ण सरसफाइ टोल घोषणा
  ६० घरधुरी लाभान्वित रहेको सुंगाला र परिङ्गाल गाउका १८१ पुरुष र १७९ जना महिला संङख्या

प्रदिप मलासी  बझाङ्ग  गाउपालिका स्तरिय खानेपानी सरसफाइ स्वच्छता समन्वय समिति छबिसपाथीभेरा गाउपालिका र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना  बझाङ्गले मंगलवार जिल्लाको छबिसपाथीभेरा गाउपालिका वडा न १ को सुंगाला परिङ्गाल टोल लाइ पुर्ण सरसफाइ टोल घोषणागरेको छ । गाउपालिका अध्यक्ष अंकल ब धामीको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति बझाङ्गका संयोजक खडक ब खडका र बिशिष्ट अतिथिमा ग्रामिण जलस्रोत  व्यावस्थापन परियोजना  फिडल्यान्ड प्रतिनिधि डाक्टर सान्ना लिना राउटेनर र छबिसपाथीभेरा गाउपालिका उपाध्यक्ष राधिका रताला जोशी बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा प्रमुख सुरक्षा कर्मि पत्रकार महासंघ अध्यक्ष  जगदिश रोकाया   रहनु भएको थियो ।   ६० घरधुरी लाभान्वित रहेको सुंगाला र परिङ्गाल गाउका १८१ पुरुष र १७९ जना महिला संङख्या रहदै आएको बस्तीमा  नेपाल सरकार वाट १७ लाख २० हजार २ सय ९  फिडल्यान्ड सरकार वाट १७ लाख ९० हजार ४ सय २२  छबिसपाथीभेरा गाउपालिका वाट ६ लाख ६८ हजार ६ सय १४ र  समुदाय वाट १३ लाख ९२ हजार ५ सय ४३  रकम गरि जम्मा ५५ लाख ७१ हजार ७ सय ८८ को लागतमा सुधारिएको पानी घट्ट लगाएतका घरवारी व्यवस्थापन कार्यक्रम ले पुर्णता पाउने खालको बिभिन्न योजना  च्याङ्ग जुठ्याङ्ग प्रतिघर एक खानेपानी धारा सहित निमार्ण  गरेको   छ ।  २०७५ चैत्र १७ गतेवाट सुरु गरि ०७७ जेष्ठ ३१ गते सम्म सम्पन्न गर्ने अवधि पाएको   उपभोक्ता  समितिले ग्रामिण  जलस्रोत  व्यावस्थापन  रियोजना संग सम्झौता गरेको   ६ महिनामै निर्माणका सम्पुर्ण  कार्य पुरा गरि  उपभोक्ता समिति  उदाहरणिय र  आयोजक संस्था वाट रु २० हजार रुपिया नगद र प्रमाण पत्र सहित सम्मानित भएको छ ।
 


मङ्गलबार २१, माघ २०७६ ०२:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.